बाणगंगाको कपिलधाममा १६ औँ पुस्तकालय दिवस मनाइयो

कपिलवस्तु । आज १६ औँ पुस्तकालय दिवस कपिलवस्तु सहित देशैभर मनाइएको छ । यसवर्ष ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ नाराका साथ कपिलवस्तुको बाणगंगा सहित जिल्लाका पालिकामा विभिन्न कार्यक्रम दिवस मनाइएको छ ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ९ मा रहेको कपिल आरोग्य मन्दिर कपिलधाममा अवस्थित कपिल प्रज्ञा पुस्तकालयको आयोजनामा १६ औं रास्ट्रिय पुस्तकालय दिवस मनाइएको हो ।

कार्यक्रममा सरस्वतीको तस्बिरमा नव सर्जक साहित्यका केन्द्रिय उपाध्यक्ष जोशिका कडेलले फुलमाला लगाइ बटुकद्वारा स्वस्ती बाचन सहित कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उहाँले वर्तमान समयमा इन्टरनेटले पुस्तकालयको महत्वलाई विस्थापित गर्दै लगेको भन्दै दुख व्यक्त गर्नुभएको थियो । अहिलेको दिनमा गुगल, इन्टरनेट लगायतका विद्युतिय सुचनाका सामाग्रीको भुमिका महत्वपुर्ण रहेपनि हामिले पस्तक र पुस्तकालयलाई विर्सन नहुने बताउनु भएको थियो ।

कार्यक्रममा कपिल आरोग्य मन्दिर कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्यले धार्मिक, एतिहासिक, पर्यटकिय एवम पवित्र स्थल कपिलधाममा रहेका यस्ता साहित्यिक श्रस्टा भनेका हाम्रो समुदायका गहना भएको बताउनु भएको थियो । उहाँले पुस्तक र पुस्तकालयको महत्व बारे सबैलाई बताउन आवश्यक रहेको बताउनु भएको थियो ।

कार्यक्रममा कपिलवस्तु नागरिक समाजका प्रतिनिधि धर्मराज घिमिरे, साहित्यकार ऋषि केशव भारद्वाज, बुद्धिजीवी मोहन ज्ञवाली, सुर्य प्रसाद भुसाल, बाल साहित्यकार जोशीका कडेल लगायतले पुस्तकको महत्त्वको बारेमा कविता वाचन गरेका थिए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation