भोली कपिलवस्तुमा राप्रपा अध्यक्ष लिङ्देन सहित केन्द्रीय नेताहरु आउँदै

कपिलवस्तु । भोली शनिवार कपिलवस्तुमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन सहित राप्रपाका केन्द्रीय नेताहरु आउने भएका छन । राप्रपा कपिलवस्तुको आयोजनामा मुकुलकको समसामयिक घटनाक्रम प्रति पार्टीको धारणा र पार्टी प्रवेश कार्यक्रमको लागि केन्द्रीय स्तरका नेता आउने राप्रपा कपिलस्तुले जनाएको छ ।

कार्यक्रममा पार्टीका वरिस्ठ उपाध्यक्ष तथा लुम्बिनि प्रदेश संयोजक रविन्द्र मिश्र, प्रदेश अध्यक्ष प्रदिप उदय, पर्टी प्रवक्ता तथा राप्रपा संसदिय दलका प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहि लगायतका नेताहरु आउने जनाइएको छ ।

जिल्लाको तौलिहवा स्थित कपिलवस्तु नगरपालिकाको सभाहलमा आयोजना हुने कार्यक्रमलाई भब्य र सभ्य बनाउन राप्रपा कपिलवस्तुले आग्रह गरेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation