एमालेले थुर्रर ज्यान हल्लाएको थियो, प्रचण्ड-माधव उता उछिट्टिए : ओली

लुम्बिनी।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गल्ती गर्नेलाई बाँकी नराख्ने चेतावनी दिएका छन्।  शनिबार लुम्बिनी प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले जेल नेल खाएर नेताहरूले बनाएको पार्टीमा गल्ती गर्नेलाई बाँकी नराख्ने चेतावनी दिएका हुन्।

‘एमाले भ्रष्टाचार गर्न सरकारमा जाने र राजनीति गर्ने होइन। हामी ज्यान हत्केलामा राखेर जेल, नेल खटेर भूमिगत खटेर अनेक साथीहरूले खटेर आएको पार्टी हो। एमालेका नेताहरू भूमिगत, जेलनेल खाएर आएका हुन्। त्यसकारण एमालेका नेताहरूलाई आफन्त पोस्नु छैन। कसैको गल्ती त्रुटि पाइयो भने बाँकी राख्दैन। तर, अहिले जसरी आरोपित गर्ने गरेको छ। यी अपराधीहरूले गरेका, आरोप लगाएका भरमा जाने हो भने उल्टासुल्टा कुराहरू गर्छन्। अहिले तस्करी हामीले गराएको हो? भ्रष्ट, तस्करहरूलाई बयान समेत नगराइ साढे ९ किलो सुनमा किन बयान गराइँदैन?,’ उनले भने।

अध्यक्ष अ‍ोलीले एमालेले आफ्नो ज्यान थुर्रर पार्दा प्रचण्ड, माधव नेपाल सहितका नेताहरू उछिट्टिएको बताए।

‘एउटा एमालेमा पहिराे जान्छ। प्रचण्डले थाहा पाउनुपर्ने नि एमालेमा पहिरो जान्छ कि जाँदैन। उहाँहरूलगायतका धेरैले एमाले सिध्याउन खोज्दा एमालेले यस्सो ज्यान भुर्रर पार्न खोज्न धुलो पनि उड्यो पानी पनि सुक्यो। एमालेले थुर्रर ज्यान हल्लाएको थियो प्रचण्ड, माधव उता उछिट्टिए। अरू उता उछिट्टिए। एमाले जहाँको तहिँ छ। एमालेमा पहिलो जान्छ? कच्ची माटाको ढिस्को हो?’ उनले भने।

अध्यक्ष ओलीले एमालेको सदस्यता नघटेको दाबी गरेका छन्। उनले नेकपा एकीकृत समाजवादी पार्टीबाट निरन्तर नेता तथा कार्यकर्ताहरू प्रवेश गर्नेको लर्को रहेको बताए।

‘हिजो मात्रै एमालेको केन्द्रीय कार्यालयमा एस भन्ने पार्टीको मजदुर संगठन सर्लक्क एमालेमा प्रवेश गर्यो। मजदुर संगठन एससँग केही पनि रहने। जिल्ला-जिल्लामा एस छोडेर एमालेमा प्रवेश गर्नेको लर्को छ। माओवादी, कांग्रेस पार्टी छोडिरहेका छन्। एमालेका कसले छोड्यो पार्टी? एमालेको महान उद्देश्‍य छोडेर यस्ता पार्टीमा समुन्द्रबाट छाडेर एउटा माछो हिलो पानीमा जान चाहन्छ होला?,’ उनले भने।

अध्यक्ष ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसहितका नेताहरूतर्फ संकेत गर्दै एमालेमा बिग्रिएका फल दुई  वर्ष अगाडि नै झरिसकेको बताए।

‘एमालेका बिग्रिएका फल दुई वर्ष अगाडि नै झरिसक्यो। तीनले अलमल्याएका साथीहरू फर्किएर आउँदै हुनुहुन्छ। माओवादीले अहिलेसम्म अल्मल्याएर राखेका साथीहरू र अन्य दलमा रहनुभएका साथीहरूलाई एमालेमा सामेल भएर राष्ट्र निर्माणमा सहभागी हुन आग्रह गर्दछु। एमाले कस्तो पार्टी भनेर यसअघिका सरकार हुँदा देखिसक्नु भएको छ । अरूका १० वटा बुद्धी एमालेका एक्लो बुद्धी तुलना हुनै सक्दैन,’ उनले भने।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation