अर्थतन्त्र सुधारको लागि सम्पुर्ण पक्ष मिल्नुको विकल्प छैन : महसचिव पराजुली

कपिलवस्तु । नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय महासचिव खेमनारायण पराजुलीले सम्पुर्ण ब्यापार व्यवसायीहरु मिलेर जान सके मात्र आर्थिक क्रान्ती गर्न सकिने बताउनु भएको छ । आज उद्योग ब्यापार संघ कपिलवस्तुको दोस्रो साधारण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उहाँले देशके अर्थतन्त्रलाई बलियो बनाउन अफुहरुको महत्वपुर्ण भुमिका रहेको भन्दै त्यसको लागि सबै पक्ष मिलेर जानुको विकल्प नभएको बताउनु भएको हो ।

तयस्तै उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेलले संघ स्थापनाको १४ महिनामै संस्थाले राष्ट्रिय स्तरमा चर्चा पाउनु निक्कै ठुलो उपलब्धी भएको बताउनु भएको छ । भारतमा समेत संस्थाको बारेमा जानकारी गराउदै कपिलवस्तुमा लगानीको वातावरण बनाउन पहल गरिरहेको उहाँले बताउनु भएको थियो

कार्यक्रममा अर्जुन पोख्रेल, रेवता पौडेल, निवर्तमान अध्यक्ष हुमनाथ पौडेल, टोपनारायण बेल्वासे लगायतले मन्तब्य राख्नुभएको थियो ।
साधारणसभाले अध्यक्षको भावी नीति तथा कार्यक्रम, महासचिवको वार्षिक प्रगती प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । त्यसैगरी विधान संसोधन प्रस्ताव, प्रथम कपिलवस्तु ब्यापार मेला एबम कृषि, पर्यटन तथा औद्योगिक पर्दर्शनि २०८०, बैठक कार्यविधी कार्यान्वयन एवम सदस्य राहत कार्यविधी अनुमोदन गरेको छ ।

उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेललको अध्यक्षता, नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय महासचिव खेमनारायण पराजुलीको प्रमुख आतिथ्यता, सचिवालय सदस्य तथा संरक्षक टोपनारायण बेल्बासेको बिशिस्ट आतित्यता, प्रदेश कमिटी सदस्य मनोज नेपाली, गोरिराज पौडेल, कृष्ण बहादुर कलवार, रेवता पौडेल, भरत पोख्रेल, सल्लाहकारहरु अर्जुन पोख्रेल, अर्जुन सापकोटा, राम प्रसाद गैरे, प्रेस सल्लाहकार डिला भुसाल, बित्त सल्लाहकार प्रेमराज घिमिरे, कानुनी सल्लाहकार मीन प्रसाद पोख्रेल को आतिथ्यता रहेको कार्यक्रम महिला उपाध्यक्ष गिता पौडेलको स्वागत तथा महासचिव बासुदेव खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation