
सैनामैना । प्रयास बचत तथा ऋण सहकारी संस्था बुटवल १२ तामनगरको आयोजनामा एक दिने सहकारी शिक्षा तालिम तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। बुटवल १२ तामनगर स्थित सरस्वती मा वि को सभाहलमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका ४५ जना सेयर सदस्यहरुले सहभागिता जनाउनुभएको थियो भने संस्थाका संचालकद्वय तिर्थराज काफ्ले र दिपक तिवारीले प्रशिक्षण गरेका थिए ।
सहकारीताको प्रवर्द्धन गर्ने र प्रयास सहकारीको व्यावसायिक विकासमा टेवा पुर्याउने उद्देश्य सहित आयोजना गरिएको हो । कार्यक्रम जिल्ला बचत संघ, रुपन्देहीका युवा उपसमिति सदस्य तथा संस्थाका निवर्तमान अध्यक्ष सुर्य बहादुर रानाको प्रमुख आतिथ्यता, अध्यक्ष भिमबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष इश्वरीप्रसाद रेग्मीको स्वागत एवम् सचीव प्रकाशमणि खनालको संचालनमा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथी सुर्य बहादुर रानाले प्रयास सहकारीले सेयर सदस्य केन्द्रित विभिन्न योजना तथा कार्यक्रम निर्माण एवम् संचालन गर्दै आएकोमा संचालकहरुको सरहना गर्नुभयो। अध्यक्ष भिम बहादुर थापाले संस्थाको त्रीवर्षिय रणनीतिक योजना मुताविक अघि बढिरहेको कुरा उल्लेख गरे। कार्यक्रम संयोजक प्रकाशमणि खनालले सहकारी शिक्षाले सेयर सदस्यहरुमा सहकारीताको विकास र बचतको महत्व वृद्धि भएर गएको दावि गरे।
कार्यक्रममा सहभागी सेयर सदस्यहरुले आगामी दिनहरुमा पनि यस्ता अन्य कार्यक्रमहरुको निरंतरताको अपेक्षा रहेको भन्दै आफुहरु प्रयास साकोसप्रति खुसी व्यक्त गरे। कार्यक्रममा उपाध्यक्ष इश्वरी प्रसाद रेग्मिले संस्थाको इतिहास समेटिएको शब्द चित्र पनि प्रस्तुत गरेका थिए । संचालक झबिन्द्र आचार्य र सीता कंडेलले यहि भाद्र२० गते कृष्ण जन्माष्टमिको दिन तामनगर स्थित नवरत्न मा वि परिसरमा प्रयास साकोसको आयोजनामा संस्कृति संरक्षणका निमित्त लाखे नाच सम्पन्न गरिने जानकारी समेत दिए ।