जिल्लामा शान्ति सुरक्षा र अमन चयन कायम गर्न प्रतिबद्ध छु : इन्सपेक्टर रायमाझी

कपिलवस्तु । नव नियुक्त इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बाणगंगा र सिङ्गो जिल्लामा पुर्ण शान्ति सुरक्षा र अमन चयन कायम गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । उद्योग ब्यापार संघ कपिलवस्तुद्वारा अयोजित स्वागत तथा सम्मान कार्यक्रममा उहाँले आफ्नो क्षेत्र भित्रका जनतालाई बिना डर त्रास बाच्न सक्ने र देशमा कानुन छ भन्ने किसिमको वातावरण सिर्जना गर्नेमा आफु लागि पर्ने बताउनु भएको छ ।

त्यस्तै उहाँले यहाँ कुनै पनि संघ संस्थाले लगाउने मेला, महोत्सवलाई सफल पार्न आफ्नो टिम लागिपर्ने बताउनु भएको थियो । भर्खर आएको हुँदा सुरुमा केहि अफ्ठ्यारा आएमा त्यसलाई समाधान गर्न सबैको साथ रहनेमा उहाँले विश्वास ब्यक्त गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्दा पौडेल कोपिल ले संघले गरेका काम र आगामि कार्यको बारेमा जानकारी गराउनु भएको थियो । जिल्लामा रहेका हरेक समस्यामा सुरक्षाकर्मी सङ्ग सहकार्य गर्न आफुहरु तयार रहेको भन्दै नव नियुक्त इन्सपेक्टर रायमाझीले सत्य र इमान्दारीताको पक्षमा काम गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभएको थियो ।

उद्योग ब्यापार संघ कपिलवस्तुका संरक्षक टोपनारायण बेल्बासे, निवर्तमान अध्यक्ष हुमनाथ पौडेल, प्रदेश कमिटी सदस्य रेवता पौडेल, मनोज नेपाली, गिरिराज पौडेल, भरत पोख्रेल, कृष्ण बहादुर कलवार, सल्लाहकारहरु अर्जुन सापकोटा र अर्जुन पोख्रेल, कार्यसमिति, लेखा समितीका पदाधिकारी एवम सदस्यहरूको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन भने महासचिव बासुदेव खनालले गर्नुभएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation