बुटवल । रुपन्देहीको गैडहवा गाउपालिकामा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सोमबार गैडहवा गाउपालीकाको कार्यालयमा आर्थिक बर्ष ७९/८० को सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।
प्रभावकारी सार्वजनिक सेवा, बिकास निर्माण , सार्वजनिक बित्त ब्यबस्थापनमा पारदर्शिता, जवाफदेहिता, उत्तरदायित्व र जनसहभागीता प्रर्वद्धनको लागी सार्वजनिक सुनुवाइ गरिएको गाउपालीकाका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए ।
कार्यक्रममा सहभागी जनाएका बिभिन्न राजनितिक दलका प्रतिनिधी, बुद्धिजिबी, किसान, तथा सवद्ध सरोकारवालाहरुले समृद्ध गैडहवाको अभियानमा लाग्नुपर्नेमा बिशेष जोड दिएका थिए । राजनितिक दलको तर्फबाट रामदेब यादब, गौतम शर्मा, तुल्सि यादब, प्रेम राना लगायतले बोल्दै गैडहवा गाउपालीका सम्भावना बोकेको पालीका भएको भन्दै प्रभाबकारी सेवा तथा बिकास निर्माणमा कमजोरी नगर्न सुझाएका थिए । उनीहरुले स्वास्थ्य चौकी, तालिमहरुको ब्यबस्थापन, बिधालय शिक्षा सुधार , अपाङ्घ सहायता तथा रोजगारी, सडक पुर्वाधार , नदिजन्य पदार्थको ब्यबस्थापन, राजस्व चुहावट नियन्त्रण , वडा कार्यालयबाट हुने दैनिक सेवा प्रबाह, कृषी तथा पशु प्राबिधीक सेवा सडक ब्यबस्थापनतर्फ बिशेष ध्यान पुर्याउनु पर्ने भन्दै सचेत गराएका थिए ।
जवाफमा पालीकाका अध्यक्ष सुरेन्द्र पौडेलले आफ्नो कार्यकालको पहिलो बर्ष उत्साहजनक रहेको र शिक्षा , स्वास्थ्य र कृषीलाइ बिशेष प्राथमिकतामा राखिएको बताएका थिए । प्रत्येक गुनासा र प्रश्नको जवाफ दिदै पौडेलले पुजीगत खर्चमा पालिका रुपन्देहीमै अगाडी रहेको स्मरण गराउदै आम जनतालाइ स्थानीय सरकारको अनुभुती गराउने खालका काममा आफु र आफ्नो टिम लागीपरेको बताए । उनले समृद्ध गैडहवाको अभियानलाइ सफल पारेरै छाड्ने बताए ।
यस्तै प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थिले बिभिन्न शाखाबाट उत्कृष्ट कार्यसम्पादन भएपनी केहिमा अझै पनी सन्तुष्ट हुने आधार नदेखिएकाले आगामी दिनमा सुधार गर्दै लैजाने बताएका थिए । कार्यक्रममा पालिकाका १ देखी ९ सम्मका वडाअध्यक्षहरुले पनी सार्वजनिक सुनुवाइमा उठेका प्रश्नहरुको जिज्ञासा मेटाएका थिए । सार्वजनिक सेवा प्रवाहलाइ चुस्त दुरुस्त राख्न स्थानिय नागरिकहरुको पनी दायित्व रहेको हुदा सबै जिम्मेबार भएर लाग्नुपर्नेमा जोड दिएका थिए । झन्डै ४ घण्टा चलेको सुनुवाइमा पालिकाका बिभिन्न क्षेत्रका ब्यक्तिहरुको उत्साहजनक सहभागीता रहेको थियो भने बिभिन्न शाखा प्रमुखहरुले पनी उठेका गुनासाहरुको सम्वोधन गरेका थिए । गाउपालिका अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षता तथा पालिकाका प्रवक्ता सुरेन्द्र सिंह कुर्मिको स्वागतमा सम्पन्न भएको कार्यक्रमको सन्चालन भने सुचना अधिकारी गणेश भटराइले गरेका थिए ।