बुद्ध प्रोफेसनल एकेडेद्वारा मन्टेश्वरी तालिम लिने नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका चार नम्बर स्थित बुद्ध प्रोफेसनल एकेडेमीले मन्टेश्वरी तालिम लिईरहेका विद्यार्थीहरुलाई स्वागत तथा विदाई गरेको छ । विगत ५ बर्ष देखि विभिन्न शैक्षिक क्रियाकलापहरु गर्दै आईरहेको यस संस्थाले सम्पुर्ण कम्प्युटर कोर्ष, कोरीयन तथा जापनिज भाषा, पिटिई आयल्स, मन्टेश्वरी तालिम सञ्चालन गर्दै आएको छ ।

सोहि क्रममा आज मन्टेश्वरी तालिम लिईरहेका विद्यार्थीहरु मध्ये कोर्ष सकिएका विद्यार्थीलाई विदाई तथा सम्मान गरिएको छ भने नवआगन्तुक विद्यार्थीहरुलाई स्वाग गरिएको हो । संस्थाका प्रमुख कार्यकारी निर्देशक जिवराज भट्राईको अध्यक्षता, प्रबन्ध निर्देशक नेत्र भुसालको प्रमुख आतिथ्यता, शाखा प्रमुख सरोज भट्राईको विशिष्ठ आतिथ्यता, मन्टेश्वरी प्रशिक्षक सुजता शाहि, रिसेप्सन रस्मी श्रेष्ठ लगायतको उपस्थिती रहेको कार्यक्रम शारदा नेपालीको स्वागत तथा पबित्रा नेपालीको सञ्चालनमा सम्पन्न भएको हो ।

सोहि संस्थामा मन्टेश्वरी तालिम प्राप्त गरेका विद्यार्थीहरुले जितपुर मन्टेश्वरी स्कुल लगायतका विभिन्न स्थानमा रोजगार समेत पाएका छन् । साथै विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने विद्यार्थीहरुले पनि संस्थालाई मायाको चिनो हस्तान्त्रण गरेका थिए । संस्थाका संस्थाका प्रमुख कार्यकारी निर्देशक जिवराज भट्राईले मन्तब्य राख्दै विगत ५ बर्षको मेहनत र संघर्षका कारण संस्थालाई आज यो स्थानमा ल्याउन सफल भएको बताउनुभयो ।

त्यस्तै प्रबन्ध निर्देशक नेत्र भुसालले संस्थामा विभिन्न कोर्षहरु सञ्चालन भईरहदा विद्यार्थीहरुलाई कस्तो शिक्षा दिन सकियो भन्ने बिषय महत्वपुर्ण रहेको भन्दै पिटिई तथा आयल्सका कक्षाहरुलाई प्राथमिकताका साथ अगाढि बढाईरहेको बताउनुभयो । कार्यक्रममा संस्थाको चप्परगाउँ शाखा प्रमुख सरोज भट्राई र मन्टेश्वरी प्रशिक्षक सुजता शाहिले शुभकामना मन्तब्य दिएका थिए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation