न्यूनतम सेवा मापदण्डका आधारमा पिपरा अस्पतालले ५६ प्रतिशत अंक प्राप्त गर्यो

कपिलवस्तु । न्यूनतम सेवा मापदण्डका आधारमा कपिलबस्तुको बाणगंगा स्थित पिपरा अस्पतालले ५६ प्रतिशत अंक प्राप्त गरेको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले मापन गरेको विभिन्न सुचकका आधारमा अस्पतालले सो अंक प्राप्त गरेको हो ।
यस अघिको मापनमा यस अस्पतालले ४७ प्रतिशत अंक प्राप्त गरेको थियो । स्थानीय तहले संचालन गर्ने लुम्बिनी प्रदेशका ४ वटा अस्पताल मध्ये पिपरा अस्पताल दोस्रो भएको हो ।

शनिबार वडा नं. २ को सभाहलमा भएको न्युनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रम अन्तरगत अस्पतालको अनुगमन मुल्यांकन समिक्षामा यस्तो तथ्यांक प्रस्तुत भएको हो । सो तथ्यांक प्रस्तुत गर्दै विगतको तुलनामा अस्पताल सुधारोन्मुख पाइएको प्रदेश स्वास्थ्य निर्देशनालय एवं भिम अस्पतालका निमित्त मेसु तथा न्यूनतम सेवा मापदण्ड कार्यन्वयन अनुगनम मुल्यांकन समितीका स्रोत व्यक्ति डा.मोहम्मद नरुलहुदाले जानकारी दिनुभयो । अस्पतालको संस्थागत व्यवस्थापन, सुशासन, मानवस्रोत व्यवस्थापन र विकास, मेडिकल रेकर्ड र सूचना व्यवस्थापन, गुणस्तर व्यवस्थापन लगायत ७ सय ६१ वटा मापदण्डहरु चुस्त, दुरुस्त पालना गरे/नगरेको को आधारमा अंक दिइने गरिएको उहाले बताउनुभयो ।

यता बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चक्रपाणी अर्यालले अस्पताल व्यवस्थापन एवं गुणस्तरिए सेवा प्रदानका लागि यस आर्थिक बर्षमा ७० लाख बजेट विनियोजन गरिएको बताउनुभयो । साथै पिपरा अस्पतालमा अब छिट्टै सबै सरोकारवाला पक्षको सहकार्यमा अप्रेसन सेवा समेत संचालन गर्ने तयारी भईरहेको जानकारी दिनुभयो ।

No description available.

यस्तै कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी चौधरीले अस्पताल व्यवस्थापन टोली, चिकित्सक, स्वास्थ्यकर्मी सबैको मेहनतले सो अंक प्राप्त गर्न सफल भएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । उहाले अस्पताललाई प्रदेशमै नमुना बनाउनका लागि स्थानीय सरकार सधै साथमा रहेने प्रतिबद्धता जनाउनुभयो ।

No description available.

कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख रामचरण कुर्मी, बाणगंगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय राज कुमार तिवारी लगाएतले बोल्दनुभएको थियो । यस्तै अस्पतालको गतिविधि एवं संचालन गरेका बारे निमित्त मेसु राजेन्द्र चौधरीले प्रस्तुतिकरण दिनुभएको थियो भने अस्पतालका चिकित्सक डा. गणेश क्षेत्रीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । न्यूनतम सेवा मापदण्डका आधारमा आर्घखांचीको चिसा पानी अस्पताल ५८ प्रतिशत अंकका साथ प्रथम भएको छ भने लमही अस्पताल ४५ प्रतिशत अंक प्राप्त गरेको छ यस्तै शिवराज अस्पताल ४४ प्रतिशत अंक प्राप्त गरेको छ ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation