जन्म दिन मनाउने प्रकृया परिवर्तित हुँदै

गुल्मी। छत्रकोट गाँउपालिका स्वास्थ्य शाखामा कार्यरत अ.हे.व सपना टण्डनले आफ्नो जन्म दिनको अवसरमा श्रीराम मन्दिर रुद्रवेणी स्थित ४० जना आश्रम बासी ज्येष्ठ नागरीकहरूलाई न्यानो चप्पल वितरण गर्नु भएको छ । यस्तै गुल्मी दरबार गाउँपालिका निवासी नबिन पोखरेल स्टोर्सका सञ्चालिका मीना पोखरेलले ४० जना ज्येष्ठ नागरिकहरुलाई खाना खुवाउनका लागि नगद रु.१०,०००।- रुपैया प्रदान गर्नु भएको छ ।

पछिल्लो समय जन्म दिनका अवसरमा गरिने भट्किलो, महङ्गो तथा अनावश्यक खर्चलाई कटौती गरी समाजका उदाहरणी कार्यमा खर्च गर्ने प्रकृयाको विकास भएको देखिन्छ। सोही अनुसार उहाँ दुवै जनाले आश्रमलाई आर्थिक तथा जिन्सी सहयोग गर्नु भएको हो।सो कार्यबाट आफुहरुलाई पुन्य मिल्ने विस्वास व्यक्त गर्नु भएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation