खुल्ला तिजगीत प्रतियोगिता सम्पन्न

अर्घाखाँची । “धर्म,कला संस्कृती संरक्षण हाम्रो दायित्व ” भन्ने मुल नारा संङ्गै स्मार्ट युवा क्लवको आयोजनामा खुल्ला तिज गित प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम -२०८० भाद्र २३ गते शनिबार को दिन अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नं २ डांडाकटेरी मा सम्पन्न भएको छ ।
महिला भाव जोडिएको सबैका मौलिक भाका संङ्गै देश मा बड्दो बेरोजगारी ले गर्दा वैदेशिक रोजगारलाईजानुपर्ने , भ्रष्टाचार ,कुरीति ,हत्या हिंसा ,बलात्कार ,दाइजो प्रथा ले अजै जरा गाडेको र महिला अजै माथी उठ्न नसकेको, कृषि क्षेत्र बालीनाली बँदेल ,दुम्सी , बादर को आतंकले जनतामा निराश पन छाएको उक्त गित ,नाच भाव प्रष्ट बुझ्न सकिन्थ्यो। विभिन्न क्लव,आमा समूह,विध्यालय सहित १५ टिम सहभागिता रहेकोमा  क्रमश : रानीचौर साल्दे सामुहिक समूह प्रथम , विरेन्द्र शिक्षा क्याम्पस दोस्रो , आदर्श मा.वि खनदह तेर्सो र परिवर्तनशिल महिला आमा समूह सान्त्वना स्थान हासिल गरेका थिए । उक्त प्रतियोगिताको मुल्यांकन कर्ता को रुपमा मोहन खत्री, कल्पना रिजाल र कैलाश श्रेष्ठ हुनुहुन्थ्यो।
कार्यक्रम को प्रमुख अतिथि संस्कृति पर्यटन तथा  नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपाली ले ब्यानर अनावरण गरि उद्घघाटन गर्नु भएको थियो कार्यक्रम मा बोल्दै देशमा भित्रिएको बिदेशी कल्चरहरु भन्दा आफ्नै देशको रहन,सहन , मौलिक संस्कृती लाई ध्यान दिनुपर्ने बताउनुभयको थियो साथै बर्ष दिनको महान चाड हरितालिका तिज शुभकामना दिदै  अरुको देखासिखी गरेर तडक भड्क गरेर चाड मनाउनु भन्दा आफुले सकेको सानो खर्चमा नै खुशी साथ पर्व मनाउने कुरामा जोड दिनुभयो।
प्रभात कुंवर को संचालन मा चलेको कार्यक्रम मा मुख्य सहयोगी सिर्जन थापा लगायत अन्य सहयोगि सबैलाई सम्मान गरिएको थियो। कार्यक्रम मा स्थानीय कलाकार बिष्नु रसाइली,कृष बि.सी ,चन्द्र बि.क र आकाश रोदन ले आफ्नो प्रस्तुति समेत राखेका थिए । अविरल वर्षाका बाबुजुट पनि कार्यक्रम भव्य र सफल बनाउन उल्लेखनिय रुपमा दर्शकहरुको सहभागिताले महत्त्वपूर्ण भूमिका खेलेको जानकारी दिदै सबैलाई धन्यवाद सहित तिजको शुभकामना दिदै उक्त कार्यक्रम का सभापती समेत रहेका क्लवका अध्यक्ष प्रदिप गौतम बाट कार्यक्रम समापन भएको थियो।
No description available.

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation