बाणगंगा ८ धनेसपुरमा माओवादीको टोल कमिटी गठन तथा पार्टी प्रवेश

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा ८ धनेसपुरमा नेकपा माओवादीको टोल कमिटी गठन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । आज मंगलवार धनेसपुर टोल कमिटी गठन गर्ने कार्यक्रममा करिब १५ जना एमाले, काङ्ग्रेस लगायतका पार्टी परित्याग गरि माओवादीमा प्रवेश गरेका छन ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य छमकुमारी खनाल (चिनारी) ले देश विकास गर्ने देखि ठुला ठुला परिवर्तन गर्नेमा नेकपा माओवादी सबैभन्दा अगाडि रहेको बताउनु भएको छ । देशको सबैभन्दा ठुलो र क्षमता भएको पार्टी माओवादी नै रहेको उहाँले दाबी गर्नुभएको हो । विगत देखि नै आफ्नो पार्टीले जनताका समस्या र गुनासालाई प्रमुख मुद्धा गराएर अगाडि बढिरहेको भन्दै त्यसलाई सधैभरि निरन्तरता दिने बताउनु भएको थियो । आफ्नो पार्टीका नेता र कार्यक्रता अन्य पार्टीका जस्ता बैमानी र फटाहा हुन नसक्ने बताउनु भएको थियो ।

May be an image of 6 people, chess and text

 

त्यस्तै कार्यक्रममा प्रदेश कमिटी सदस्य दिनेश पुनले जनताको सङ्गको सम्बन्ध सुदृद्ध र सुमधुर बनाउको लागि जनता सङ्ग माओवादी विशेष रुपान्तरण अभियान सुरु गरेको बताउनु भएको छ । उहाँले पछिल्लो समय जनता सङ्गको सम्बन्ध केहि खस्किदै गएको भन्दै रुपन्तरण अभियान सुरु गरेको बताउनु भएको हो । माओवादी भित्र एक अर्का प्रति घटिरहेको विश्वास, सदभाव र सामिप्यता नै पार्टी कमजोर हुनु प्रमुख कारण रहेको उहाँले बताउनु भएको छ ।

May be an image of 6 people, people studying and text

लुम्बिनी प्रदेश परिषद सदस्य हुमनाथ पैडेल, नगर सचिव प्रेम वि.क, अनेमा संघ क्रान्तिकारी प्रदेश सदस्य रेवता पौडेल, अनेमा संघ क्रान्तिकारी बाणगंगा नगर कमिटी अध्यक्ष गिता पौडेल, वडा कमिटी अध्यक्ष विष्णु पौडेल लगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन भने वडा कमिटी सचिव गणेश परियारले गर्नुभएको थियो ।

May be an image of 6 people, people studying and text

May be an image of 12 people, people studying and text

May be an image of 5 people, people studying and temple

May be an image of 7 people

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation