उपकार अनलाई, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. २ मा डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । सैनामैना नगरपालिका वडा नं. २को आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. २ का वडा अध्यक्ष अम्मर बहादुर कंडेलले डेंगु रोग नियन्त्रणको अभियानमा सम्पुर्ण वडा वासी तथा सरोकारवाला निकायको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो । लामखुट्टे बस्ने स्थान ‘खोज र नष्ट गर’ अभियानमा स्थानीयबासिको सहयोग रहनु पर्नेमा उहाँले जोड दिनुभयो ।
डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको लार्भा ’खोजेर नष्ट गर’ अभियान थालिएको सैनामैना नगरपालिका वडा नं. २का वडा सचिव धर्मराज पाण्डेले बताउनुभयो । टोल टोलमा सचेतनामूलक र प्रचारात्मक अभियान सञ्चालनका लागि यस कार्यक्रम गरिएको उहाँको भनाई छ ।
डेंगु रोग अहिले विश्वमै स्वास्थ्य समस्याका रूपमा देखिएको भन्दै सामान्य ज्वरो आएको अवस्थामा जथाभावी औषधि सेवन नगर्न पर्रोहा हेल्थपोष्टका प्रमुख जंग बहादुर सुनारले सुझाव दिनुभयो । डेंगुरोग लामखुट्टेको टाकाईबाट सर्ने भएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुबाट जोगिने भरपर्दो उपाय भएको बताउँदै रोग लाग्न नदिन सरसफाइमा विशेष जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
सैनामैना २ का टोलविकास संस्था, खानेपानी, सामुदायिक वन लगाएत विभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।