पर्रोहा बहुमुखी क्याम्पसमा तिज मिलन कार्यक्रम सम्पन्न

उपकार अनलाई, सैनामैना ।

रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा बहुमुखी क्याम्पसमा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा इसिए विभागको आयोजनामा विद्यार्थीहरुबिचमा तिज मिलन कार्यक्रम सम्पन्न भएको हो ।

इसिए विभाग प्रमुख मोहन शर्माको अध्यक्षता, क्याम्पस प्रमुख हेमचन्द्र खरालको प्रमुख आतिथ्यता तथा प्राध्यापक जगन्नाथ गौतम, मिना भण्डारी, लोकनाथ अधिकारी, फर्शाराम आचार्य, इमआइएस प्रमुख धनु कुंवर, कर्मचारी नर्मदा भण्डारीको आतिथ्यता रहेको थियो।

शुभकामना आदानप्रदान कार्यक्रममा क्याम्पस प्रमुख हेमचन्द्र खरालले अतिरिक्त क्रियाकलाप अन्र्तगत क्याम्पसमा महिलाहरुको महान पर्व तिजको अवसरमा एक आपसमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको बताउनुभयो ।विद्यार्थीहरुले तिज पर्वलाई संरक्षण गर्नु सबैको दायित्व भएको बताएका थिए । कार्यक्रमको सञ्चालन बिविएस दोस्रो वर्षकी विद्यार्थी शित्तल थापाले गर्नुभएको थियो ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation