पर्रोहा बचत तथा ऋण सहकारी संस्थाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

उपकार अनलाईन, सैनामैना ।
पर्रोहा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । १६ औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनको पूर्व सन्धयामा आयोजित रक्तदान कार्यक्रममा ८७ युनिट रगत संकलन भएको संस्थाका सचिव विष्णु प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको संस्थाका अध्यक्ष खत्रीमाया भुजेलले बताउनुभयो । सैनामैना १ स्थित संस्थाको सभाहलमा भएको कार्यक्रम उपसमिति संयोजक रुद्रमणी बस्यालको अध्यक्षता तथा संस्थाका अध्यक्ष खत्रीमाया भुजेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाइटी बुटवल रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रमको सञ्चालन सचिव विष्णु प्रसाद रेग्मीले गर्नुभएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation