व्यवसायीहरुको सुरक्षा हाम्रो पहिलो प्राथमिकता : प्रहरी प्रमुख पौडेल

कपिलवस्तु । कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले व्यवसायीहरुको सुरक्षालाई आफुले प्राथमिकतामा राख्ने बताउनु भएको छ । उद्योग ब्यापार संघ कपिलवस्तुले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजि क्षेत्रलाई प्रवद्र्धन गर्नको लागि आफुहरुले व्यवसायीहरुको सुरक्षामा कुनै कसुर बाकिँ नराख्ने बताउनु भएको हो ।

भर्खरै सरुवा भई आउनु भएका प्रहरी उपरीक्षक पौडेलले खुला सिमा लगायतले गर्दा कपिलवस्तुमा हुने चोरी तस्करी, अवैध ब्यापार, लागू औसध दुव्र्यसनी जस्ता समस्या विकारल बन्दै गएको आफुले पाएको बताउनु भएको थियो । ति हरेक समस्यालाई निराकरण गर्नको लागि सुरक्षा निकाय सङ्ग उद्यगी, ब्यापारी, पत्रकार, विभिन्न संघ संस्था लगायत सबैले सहकार्य गर्नेमा विश्वास ब्याक्त गर्नुभएको थियो ।

त्यस्तै उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल कोपिल ले संघको विसयमा जानकारी गराउदै जिल्लाको विकासको लागि आफुहरु सुरक्षा निकाय सगँ सहकार्य गर्न तयार रहेको बताउनु भएको थियो । त्यस्तै उहाँले आगामि मंसिर ५ गते देखि १६ गतेसम्म प्रथम कपिलवस्तु ब्यापार मेला एबम कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०८० लगाउने भएकोले त्यसमा सुरक्षा निकायको पुर्ण साथ र सहयोग रहनेमा विश्वास ब्याक्त गर्नुभएको थियो ।

उद्योग ब्यापार संघ कपिलवस्तुका संरक्षक टोपनारायण बेल्बासे, संघका पदाधिकारी, सदस्यहरु, सल्लाहकार लगायत संस्थामा आबद्ध सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा निवर्तमान अध्यक्ष हुमनाथ पौडेलको स्वागत मन्तब्य रहेको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation