श्री कल्याणेस्वर महादेव मन्दिर पिपराको चौथो साधारणसभा सम्पन्न

 कपिलवस्तु । २०३५ साल अंघिदेखी नै महत्त्वपूर्ण धार्मिक महिमा बोकेर स्थापना भएको श्री कल्याणेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष धर्मराज घिमिरे को अध्यक्षतामा चौथो साधारणसभा सम्पन्न भएको छ। बाणगङ्गा नगरपालिका वडा नम्बर २ पिपरा स्थित मन्दिर को आफ्नै भवनमा भएको कार्यक्रम का प्रमुख अतिथी बाणगङ्गा नगर प्रवक्ता एबम वडा नम्बर २ का अध्यक्ष बिष्णु प्रसाद पौडेल हुनुहुन्थ्यो।

कार्यक्रम मा बाणगङ्गा नगर शिक्षा शाखा प्रमुख खिम बहादुर जि सि,नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाइको बिशिस्ट आतिथ्य ,कार्यपालिका सदस्य शान्ता पाण्डे,साहित्यकार ॠषिकेशव भारद्वाज,बुद्दी सागर बेल्बासे लगायत को आतिथ्यता मा भएको उक्त कार्यक्रम मा बार्सिक प्रगती तथा आर्थिक प्रतिबेदन संस्थाका सचीव हरि घिमिरेले पेश गरि छलफल सहित सर्वसम्मत अनुमोदन भएको छ।

कार्यक्रम मा खिम बहादुर जि सि,दोलक बहादुर पछाइ,बुद्दी सागर बेल्बासे,शान्ता पान्डे लगायत ले हिन्दु धर्म,संस्कार,भाषा भेषभुषा,कला साहित्य संग जोडिएर संसारमै नेपालिको फरक पहिचान स्थापित गर्ने यस्ता पुण्य र पबित्र स्थलहरुको संरक्षण मा राज्यको दुरदर्शि योजना हुनुपर्ने भनाइ सहित शुभकामना मन्तव्य राख्नु भएको थियो।

कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रवक्ता पौडेलले स्थानिय सरकार बाट हुने सबै खाले यथासक्य सहयोगमा कंही कतै कन्जुस्याइँ नगरिने प्रतिबद्धता व्यक्त गर्दै यश मन्दिर को पहिचान,परिचय र भौतिक बिकासमा अध्यक्ष धर्मराज घिमिरेले गरेको योगदानलाई उच्च सम्मान गर्नुभएको छ। कार्यक्रम मा आजिवन सदस्यहरुलाइ सदस्यताको प्रमाणपत्र समेत बितरण गरिएको छ।

आगामी असौज देखि हरेक महिनाको पहिलो सोमबार नियमित रुपमा संन्ध्याकालिन भजन कृतन सहितको जानकारी सहित अपुरा कार्यलाइ पुर्णता दिन राज्यका तिनै तहका सरकार संग सहयोग र समन्वय का निम्ति विनम्र अनुरोध सहित संस्था का अध्यक्ष एबम कार्यक्रम का सभापति धर्मराज घिमिरेले कार्यक्रम को समापन गर्नुभएको थियो।कार्यक्रम को संचालन बाल साहित्यकार जोशिका कणेल निशा ले गर्नुभएको थियो।

No description available.

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation