
कपिलवस्तु । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कपिलवस्तुको चौधौं साधारणसभा सम्पन्न भएको छ।कपिलवस्तु शाखा अध्यक्ष सारदा खनाल को अध्यक्षतामा भएको उक्त कार्यक्रम मा कपिलवस्तु मा रहि लोक दोहोरी गित संरक्षण तथा सम्ब्रदनमा महत्त्वपूर्ण योगदान पुराए बापत रास्ट्रीय लोक तथा दोहोरी गित प्रतिष्ठान कपिलवस्तु का संस्थापक अध्यक्ष एबम लोक गायक पुर्णचन्द्र परियार, संस्थाका निवर्तमान अध्यक्ष तथा लोक सर्जक थानेश्वर अधिकारी र शिव खनाल लाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान प्रदान गरेको छ।
तिजको चहलपहल मा गरिएको उक्त कार्यक्रम मा प्रतिष्ठान का प्रदेस उपाध्यक्ष ,कोषाध्यक्ष सहितको टिम उपस्थित भएका थिए।उक्त कार्यक्रम मा पत्रकार महासंघ कपिलवस्तु का उपाध्यक्ष हरि अधिकारी,नेपाली परम्परागत लोक संस्कृति प्रतिस्ठान का अध्यक्ष बुद्दी सागर बेल्बासे,जिल्ला का संस्थापक अध्यक्ष पुर्णचन्द्र परियार लगायत ले कार्यक्रम सफलता एबम नेपाली लोक संस्कृति संरक्षणमा प्रतिष्ठान को महत्त्वपूर्ण भुमिका सहितको शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रम संस्थाकी जिल्ला अध्यक्ष सारदा खनाल को अध्यक्षता र संस्था का जिल्ला सचिब असिम क्षेत्री को संचालन मा पिस हिमालय रिसोर्ट ठाकुरापुरमा सम्पन भएको छ।