छोराले गरे बाबुलाई चिर्पट प्रहार गरी हत्या

कपिलवस्तु ।आफ्नै बुवा ६० वर्षीय बल बहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका–८ पुलचोक बस्ने २६ वर्षीय विकास परियारललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

घरायसी विवादको क्रममा विकासले चिर्पटले प्रहार गर्दा बलबहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। बलबहादुरको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation