नगर स्तरीय प्रतियोगितामा अधिकांश सामुदायिक विद्यालयले विद्यार्थी पठाएनन्

कपिलवस्तु । नगर स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बाणगंगाका अधिकांश सामुदायिक विद्यालयले विद्यार्थी नपठाएपछि शिक्षकको काम र कर्तव्य प्रति नै गम्भिर प्रश्न चिन्ह खडा भएको छ । पुर्व निर्धारित कार्यक्रम अनुसार नै बाल दिवस तथा शिक्षा दिवसको अवसर पारेर आज नगर शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगितामा सामुदायिक र संस्थागत गरि नाम टिपाएका ३६ विद्यालयहरु मध्ये जम्मा ११ विद्यालयको मात्र सहभागिता रहेको थियो ।

आधारभुत तह कक्षा ६-८ का विद्यार्थीहरु बिच प्रतिसपर्धा भएको कार्यक्रममा सामुदायिक विद्यालयका शिक्षकहरुले नै विद्यार्थीहरु नपठाएपछि कार्यक्रम खल्लो भएको कार्यक्रमका सहभागिहरुले बताएका छन । आफुहरु आन्दोलित भएपनि विद्यार्थीको चौतर्फी विकासको लागि महत्वपुर्ण मानिएका कार्यक्रममा विद्यार्थीहरुलाई नै नपठाउनु गलत रहेको उनीहरुको बुझाई रहेको छ ।

केहि विद्यालयले त कार्यक्रमका लागि आएका विद्यार्थीहरुलाई समेत फार्काएको स्रोतको दाबी रहेको छ । शिक्षकहरु आन्दोलित भएपनि स्थानिय सरकारको आयोजनामा भएको कार्यक्रममा नै विद्यार्थी नपठाएपछि आलोचना समेत सुरु भएको छ ।

११ वटा विद्यालयहरु बिच भएको प्रतियोगितामा स्काईलार्क ईङ्गलिस बोर्डिङ्ग स्कुल ओदारी प्रथम भएको छ । प्रतियोगितामा प्रथम बने सङ्गै स्काईलार्क ले नगद रु ७ हजार सहित प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा ज्ञानपुञ्ज ईङ्गलिस बोर्डिङ्ग स्कुल राजपुर द्धितिय, हिलवर्ट ईङ्गलिस बोर्डिङ्ग स्कुल पिपरा तृतीय र कपिलवस्तु विद्या मन्दिर बोडगाउँ सान्त्वना भएका छन । उनीहरुले क्रमश ५५ सय, ४ हजार र २ हजार का साथ प्रमाण पत्र प्राप्त गरेका छन ।

नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा भएको पुर्व निर्धारीत कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रम माथि प्रकाश पार्दै नगर शिक्षा युवा तथा खेलकुदा शाखा प्रमुख खिम बहादुर जि.सी ले नगर बाट जम्मा ११ वटा विद्यालयको मात्र सहभागिता हुनु दुखद पक्ष रहेको बताउनु भएको थियो । उहाँले सामुदायिक विद्यालयका शिक्षकहरुलाई आफुहरु आन्दोलित हुँदा विद्यार्थीका शैक्षिक क्रियाकलापमा असर नपारिदिन पनि अनुरोध गर्नुभएको थियो ।

May be an image of 5 people, people studying and text

वडा नम्बर २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता विष्णु प्रसाद पौडेल, वडा नम्बर ३ का वडा अध्यक्ष टेक बहादुर झेडी मगर लगतयतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन भने नगर पञ्जीकरण शाखा प्रमुख दिपक पाण्डेले गर्नुभएको थियो ।

May be an image of 3 people, dais and text

May be an image of 4 people, clarinet and violin

May be an image of 4 people and text that says '"बाल बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी बाल दिवस- २०1० समावेशी सीपमूलक शिक्षा स्वदेशमै युवा राष्ट्रको इच्छा" शिक्षा दिवस- -२००० बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय. कपिलवस्त परऔ बाल निवसको अवसरमा राष्ट्रिय शिश्ा दिवसको दिन आधारक स्तरीय फ प्रतियोगिता गते को सभाह पालिका कुद शाखा'फोटो : हेलो बाणगङ्गा नगरपालिका को फेसबुक

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation