माण्डवीमा संविधान दिवसका अवसरमा सरसफाइ

प्युठान। माण्डवी गाउँपालिकाले संविधान दिवसका अवसरमा सरसफाइ कार्यक्रम गरेको छ।गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षमा भएको विशेष कार्यक्रम मार्फत गाउँपालिका कार्यालय परिसरमा सरसफाइ कार्यक्रम गरिएको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारी ,उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे ,विषयगत शाखा प्रमुख,सम्पुर्ण कर्मचारी ,गाउँ प्रहरी,स्थानीय वुद्धिजिवी समाजसेवी लगाएतको विशेष उपस्थिति रहेको थियो।नेपाली जनताको लामो संघर्ष, त्याग र वलिदान पछि संविधान सभाबाट संघीय गणतान्त्रिक नेपालको संविधान-२०७२जारी भएको आज आठ वर्ष पूरा भएको छ।

यसै अवसरमा हिजो देखिनै देश भरका विभिन्न निकायहरुले विविध कार्यक्रम गरि संविधान दिवस मनाएका छन्।यस्तै माण्डवी गाउँपालिकाले हिजो वेलुका दिपावली गरि संविधान दिवस-२०८०को अौपचारिक सुरुवात गरेकोे थियोे।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation