संविधान दिवसको अवसरमा नेविसंघ र तरुणदलले राखे २ विद्यालयमा झण्डा

कपिलवस्तु । संविधान दिवसको अवसरमा नेविसंघ कपिलवस्तु र तरुणदलले बाणगंगाका २ विद्यालयमा नेपालको झण्डा राखेको छ । सिद्धार्थ मा.वि. बुङ्ची र शान्ती आधारभुत विद्यालय डुङ्गहवामा झण्डा राखिएको हो ।

सिद्धार्थ मा.वि. बुङ्चीमा नेविसंघ जिल्ला अध्यक्ष चन्द्रकान्त पोख्रेल र शान्ती आधारभुत विद्यालय डुङ्गहवामा तरुण दल जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य रुक बहादुर भुसालको प्रमुख आतिथ्यता रहेको थियो, भने नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य लक्ष्मि थारु, महाधिवेशन प्रतिनिधि दुर्गा बहादुर सेनको विशिष्ट आतिथ्यता रहेको थियो ।

No description available.

कार्यक्रममा बोल्दै लुम्बिी प्रदेश सदस्य रुक बहादुर भुसालले सरकारले संविधानले दिएका हक र अधिकार जनताको दैलो सम्म पुर्याउनु पर्ने बताउनु भएको छ ।

त्यस्तै नेविंघ जिल्ला अध्यक्ष चन्द्रकान्त पोख्रेलले नेविसंघ विद्यार्थीका हक र अधिकार प्राप्तीका लागि मात्र नभएर देश र जनताको विपक्षमा उभिने जो सुकैको विरुद्धमा पनि बोल्ने बताउनु भएको थियो ।

त्यस्तै तरुण दल जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरीले संविधान जारी भएको लामे समय विति सक्दा पनि जनताले संविधानले सुनिश्चित गरेका हक र अधिकार नपाउनु दुखद भएको बताउनु भएको थियो । ति हक र अधिकार प्रदान गर्न तर्फ सरकार गम्भिर भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

कार्यक्रममा दुर्गा सेन, टेक बहादुर शाही, रबि काफ्ले तिलकराम पाण्डे लगायतले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा जिल्ला सदस्य रबि बहादुर काफ्ले, टेक बहादुर शाही, महाधिवेशन प्रतिनिधि दोलकराम घिमिरे, गोपाल घिमिरे, गणेश छेत्री, करुण टण्डन, नेविसंघ केन्द्रिय सदस्य तिलकराम पाण्डे, डेभिड आचार्य, सिद्धार्थ मा.वि.का प्रधानाध्यापक इश्वर थापा, नेपाली कांग्रेस छेत्रीय सदस्य झलक मल्ल ठकुरी, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष नारायण थापा, सिद्धार्थ क्याम्पसका इकाई सभापति मीन थापा, पुर्व इकाई सभापति नेपाल तरुण दलका जिल्ला सहसचिव दिनेश छेत्री, नेविसंघका नेता विशाल अधिकारी, दिनेश भण्डारी, अरुन थारु, दिक्षा पौडेल, राजन अर्याल नेपाली कांग्रेस नगर सभापति बिष्णु थापा नगर सहसचिव सुबास पौडेल,नगर सदस्य पदम सेन लगायतको उपस्थित रहेको थियो ।

त्यस्तै प्रदेश क्षेत्रीय सहसचिव खिमानन्द घिमिरे, सदस्य चन्द्रकान्त पोख्रेल, इन्दिरा तिमिल्सिना,पुर्व छेत्रीय सदस्य गायत्री अर्याल, विधालय ब्यवस्थापन समिती अध्यक्ष सिद्धार्थ माविका प्रेम राना र शान्ती निमाविका कृष्ण पौडेल, नगर सदस्य हरि पौडेल, हरि पुन समाजसेवी शंकर पौडेल, सुमन छेत्री, सीता थापा, खुम बहादुर मल्ल, प्रअ कलावती शर्मा, वडा सभापति चित्र बहादुर खाँण, वडा नं.–१का सचिव दिपेन्द्र बिसि, शिक्षक सपना कुमाल, स्वस्तिका गौतम, बाबुराम घिमिरे, लगायतको उपस्थितिमा झण्डा राख्ने कार्यक्रम सम्पन्न भएको थियो ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation