राप्ती प्रेस मञ्चले सिसहनियाँमा दिप प्रज्वलन गरी संविधान दिवस मनायो

सिसहनियाँ । राप्ती प्रेस मञ्चले दिप प्रज्वलन गरी संविधान दिवस मनाएको छ । मञ्चले बुधवार राप्ती गाउँपालिका ५ प्रगतिनगर सिसहनियाँमा साँझ दिप प्रज्वलन गरि संविधान दिवस मनाएको हो ।

मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको दिप प्रज्वलन कार्यक्रममा बोल्ने वक्ताहरुले मौलिक अधिकारका विषय संविधानमा ग्यारेन्टी गरिए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको र संविधान पूर्णरुपमा कार्यान्वयन गर्ने दायित्व तीन तहकै सरकार, नागरिक, राष्ट्रसेवक कर्मचारी सबैको भएको बताएका थिए ।

No description available.

जनताले लडेर ल्याएको संविधान कार्यान्वयन नहुने हो भने त्यसको कुनै औचित्य नरहेको बताएका थिए । भने संविधान पूर्णरुपमा कार्यान्वयन गराउन सञ्चारजगतको पनि भुमिका महत्वपुर्ण रहने बताउका थिए । सो अवसरमा राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्वासे, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख, उद्योगी, व्यापारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । संघका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

No description available.

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation