बाणगंगा ८ मा माओवादीको पार्टी प्रवेश तथा मुस्लिम मुक्ति मोर्चा गठन

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ सिसेनीमा विभिन्न पार्टी परित्याग गरि करिब ४० जना नेकपा माओवादीमा प्रवेश गरेका छन । जनता सङ्ग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत सिसेनीमा भएको मुस्लिम मोर्चा गठन तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन ।

त्यस्तै कार्यक्रममा मुना मियाको अध्यक्षतामा ११ सदस्यीय मुस्लिम मुक्ति मोर्चा वडा कमिटी, अजिम बक्सको अध्यक्षतामा ११ सदस्यीय वाइसिएल टोल कमिटी र अमृता थापा खातुनको अध्यक्षतामा ११ सदस्यीय अ.ने.मा. संघ सिसेनी टोल कमिटी गठन गरिएको छ ।

कार्यक्रममा बोल्दै माओवादीकी केन्द्रीय सदस्य छमकुमारी खनाल (चिनारी) ले माओवादीको त्यो पुरानो संकल्पलाई जनतामाझ पु¥याउने उद्धेश्यका साथ विशेष रुपान्तरण अभियानमा लागेको बताउनु भएको छ । पार्टीलाई गतिशिल तथा चलायमान गराउन सबै नेता, नेतृत्वले अभियान अन्तर्गत वडा, वडाबाट माओवादी विशेष रुपान्तरणका कार्यहरु थालनी भएको बताउनु भएको छ । समाजमा सामाजिक सद्भाव कायम गर्न माओवादीको ठूलो योगदान रहेको उहाँले बताउनु भयो ।

त्यस्तै लुम्बिनी प्रदेश सदस्य दिनेश पुनले माओवादी कमजोर भएमा संघीयता कमजोर हुने, गणतन्त्र कमजोर हुने, समावेशी समानुपातिक प्रतिनिधित्व कमजोर हुने जिकिर गर्नुभएको छ । जनताका कुरा सुन्न अफुहरु विगत देखि नै जनताको बिचमा रहेको अवगत गराउदै त्यसलाई खस्कन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वडा कमिटी अध्यक्ष तोजेन्द्र पौडेल (विष्णु) को अध्यक्षतामा भएको कर्यक्रममा प्रदेश परिषद सदस्य हुमनाथ पौडेल, बाणगंगा नगर कमिटी सचिव प्रेम वि.क लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन गणेश परियारले गर्नुभएको थियो ।

May be an image of 7 people

May be an image of 7 people and temple

May be an image of 3 people and temple

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation