
कपिलवस्तु । संविधानको व्यवाहारिक पक्ष कमजोर हुँदा अहिले देशभरका शिक्षक आन्दोलनमा उत्रिएको प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रिय सदस्य बलराम अधिकारीले बताउनु भएको छ । कपिलवस्तुको बाणगंगा २ पिपरामा रहेको हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको ३ दिने रोवोर्टिक्स तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
संविधान बनाउदा व्यावाहारिक पक्षलाई बेवास्ता गरेकै कारण अहिले यस्तो अवस्था आएको उहाँले दाबी गर्नुभएको छ । तिन तहका सरकार सञ्चालन गरिरहँदा आवश्यक सबै कानुनको लागु र व्यवस्थापन नहुँदै केन्द्र बाट ह्वात्तै तल छोडिदिदा राम्रो कुरा पनि नराम्रो देखिएको उहाँले बताउनु भएको थियो । सांसद अधिकारीले विश्व बजारमा प्रतिसपर्धा गर्ने खालका विद्यार्थीहरु उत्पादन गर्नु अहिलेको आवश्यक्ता रहेको बताउनु भएको छ । समाज रुपान्तरणमा विद्यार्थीको घोकन्ते शिक्षा भन्दा व्यवाहारिक शिक्षा महत्वपुर्ण हुने भएकाले प्राविधिक शिक्षा नै समय सापेक्ष शिक्षा रहेको उहाँले औँल्याउनु भएको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिका उपप्रमुख रिता कुमारी चौधरीले विद्यार्थीहरुको विदेश पलायनलाई रोक्न तिनै तहको सरकार, शिक्षक र अभिभावक गम्भीर हुनुपर्ने बताउनु भएको छ । अहिले पढ्न र सिप सिक्नु आवश्यक रहेको भन्दै सिकाइको लागि व्यवाहारिक पक्षलाइ विशेष जोड दिनुपर्ने उहाँको तर्क रहेको थियो ।
त्यस्तै इकाई प्रमुख शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका थानेश्वर घिमिरेले आजको आधुनिक बैज्ञानिक युगमा विभिन्न प्रविधिको महत्व रहेको बताउदै यस्ता कार्य हरेक विद्यालयमा गर्न आवस्यक रहेको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै कपिलवस्तु प्याब्सन अध्यक्ष सुन्दर पाण्डेले रोवर्टिक्स र आइ.एस.ओ को कार्यमा विद्यालयलाई सफलताको शुभकामना दिदै बिज्ञान र प्रविधिको युग तर्फ सबै विद्यालयले ध्यान दिनुपर्ने स्पष्ट पार्नुभयो । साथै उहाँले अन्तरास्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने खालका विद्यार्थी तयार गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भयो ।
सर्टिफिकेट नेपालका म्यानेजर सुदिप शर्मा ले आइ.एस.ओ सर्टिफाइड विद्यालय भैसकेपछि रास्ट्रिय र अन्तरास्ट्रिय प्रतिस्पर्धामा बिक्न सक्ने बताउँदै लोगो प्राप्त गरेको हिलवर्ट ले सर्टिफाइड हुने गरि काम गर्नुपर्ने बताउनु भएको छ । त्यसको लागि विद्यालय परिवार, व्यवस्थापन समिती र समुदायले इमानदार भएर काम गर्नुपर्ने धारण राख्नुभयो ।
तिन दिन सम्म चल्ने कार्यक्रममा रोवोर्टिक्स सम्बन्धी विद्यार्थीहरुलाई प्रत्यक्ष सहभागि बनाई विभिन्न सिपहरु सिकाइने छ । सिप सिक्नका लागि ६५ जना विद्यार्थिहरु सहभागि रहेका छन् ।
कार्यक्रममा विद्यालयका अध्यक्ष दिपक खनालको अध्क्षता, शिक्षक रविन्द्र पौडेलको स्वागत मन्तव्य र शिक्षक तेज प्रसाद आचार्यको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, विभिन्न विद्यालय र संघ सस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा विद्यार्थीहरुद्वारा सास्कृतिक गित र नृत्य समेत प्रस्तुत गरिको थियो ।