
कपिलवस्तु । उद्योग ब्यापार संघ कपिलवस्तुले संविधान दिवस २०८० को अवसरमा गरेको वृहत रक्तदान बाट ३७ प्वाइन्ट रगत संकलन भएको छ । बढ्दै गैरहेको डेङ्गी महामारीमा हुन सक्ने रगतको अभावलाई मध्यनजर गर्दै महादान र जिवनदान भन्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमा उद्योग व्यापार संघका केन्द्रीय मंहासचिव खेमनारायण परजुलीले उद्योग व्यापार संघ कपिलवस्तुले स्थापनाको छोटो समयमा विभन्न सामाजिक रचनात्मक कार्यक्रम गर्दै आएको छ । कोभिड पछि सबै भन्दा धेरै मारमा व्यवसायिहरु रहेको बताउनु भयो । पछिलो समय उद्योग व्यवसायिहरु कि गर कि मर भन्ने अवस्थामा आएकोे बताउँदै त्यसको समाधानको लागि केन्द्र बाट पहल गर्ने उहाँले बताउनु भयो ।
कपिलवस्तु जिल्ला कर अधिकृत सुरेस बराईलीले देशको आर्थिक अवस्थालाई माथि उठाउन उद्योगि व्यवसायिहरुको महत्वपुर्ण भुमिका रहेको भन्दै तिनै तहका सरकारले व्यवसायिहरुलाई सहयोग गर्नुपर्ने बताउनु भएको थियो ।
यता संघका अध्यक्ष खिमानन्द पौडेलले लामो त्याग तपस्या बलिदान र संघर्स पछि आएको संविधानलाई सबैले रक्षा गर्नुपर्ने बताउनु भयो । साथै उहाँले सामाजिक क्षेत्रमा काम गर्दै आएको ब्यापार संघले आगामि दिनमा पनि यस्ता कार्यक्रम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
संघका संरक्षक टोपनारायण बेल्बासे, निवर्तमान अध्यक्ष हुमनाथ पौडेल, नव प्रभात युवा क्लब ठाकुरापुरका अध्यक्ष मिलन चालिसे, संघका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमका संयोजक ज्ञानहरी न्यौपानेको अध्यक्षता, संघका महासचिव बासुदेव खनालको सञ्चालनमा भएको कार्यक्रममा रतmसंचार केन्द्र भैरहवाको प्राविधिक सहयोग र नवं प्रभात युवा क्लव ठाकुरापुरको सहयोगमा सम्पन्न भएको थियो । कार्यक्रम ठाकुरापुरको पिस हिमालयन रिसोर्टमा सम्पन्न भएको थियो ।