
दाङ । लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेट र योजनामा बेलायतले आर्थिक तथा प्राविधिक सहयोग पुर्याउने भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र बेलायती राजदूत रोबफिन तथा बेलायती सहायता निकायको विकास निर्देशक पिपा बर्डबीच मुख्यमन्त्री कार्यालयमा बिहीबार देउखुरीमा भएको शिष्टचार भेटघाटमा लुम्बिनी प्रदेशभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरुको पूर्वाधार निर्माणमा प्राविधिक सहयोग गर्नेबीच छलफल भएको हो ।
मुख्यमन्त्री चौधरीले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम शीर्षकमा डेढ अर्ब छुट्टाएका छन् भने डेढ अर्ब रुपैयाँ संघीय सरकारबाट ल्याएर कृषि, पर्यटक, उत्पादन र मदिरा उद्योगबाट १२ जिल्लाका ६ लाख युवा तथा महिलालाई ५ वर्षभित्र स्वरोजगार बनाउने लक्ष्य अघि सारेका थिए । त्यही कार्यक्रममा बेलायतले प्राविधिक रुपमा सहयोग गर्ने भएको हो ।
भेटघाटका क्रममा प्रदेशलाई संस्थागत व्यवस्थित बनाउनका लागि बेलायत सरकारले गर्न सक्ने सहयोग र सहकार्यको बारेमा छलफल भएको थियो ।