४४ औं सामाजिक सेवा दिवस मनाइयो

कपिलवस्तु । नेपाल नेत्रज्योति संघ, छ्न्द (कालेबाबु) नारायणी आँखा अस्पतालको आयोजनामा ४४ औं सामाजिक सेवा दिवस मनाइएको छ । “दिगो बिकास रास्ट्रिय प्रतिबद्धता,लक्ष्य प्राप्तिमा संघसस्थाको सहभागीता“ भन्ने मुल नाराका साथ ४४ औं सामाजिक सेवा दिवस मनाइएको हो ।

४४ औं सामाजिक सेवा दिवसको अवसरमा अस्पतालले ५५ जना मोतिबिन्दुका शल्यक्रिया गरिएका बिरामीहरुलाइ फलफूल बितरण गरेको छ । अस्पतालका नेत्र विशेषज्ञ डाक्टर दीक्षा प्रधान,डाक्टर आरधना पोखरेल,रमेश बिष्ट,साबित्रा के.सी. लगायतले बिरामीहरुलाइ फलफुल बितरण गर्नु भएको थियो । त्यसैगरी सामाजिक सेवा दिवसकै अवसरमा अस्पतालले निशुल्क बिद्यालय आँखा जाँच कार्यक्रमको समेत आयोजना गरेको छ । श्री गोरखनाथ एकेडेमी कृष्णनगर ८,बहादुरगन्जमा गरिएको निशुल्क आँखा जाच कार्यक्रममा ४ सय ४६ जना छात्र छात्राहरुको आँखा जाँच गरिएको थियो । जसमा ११ जना चस्मा लगाउनु पर्ने बिद्यार्थी फेला परेको नेत्रसहायक प्रतीक्षा रावलले जानकारी दिनु भएको छ ।

समाज कल्याण परिषदले हरेक बर्ष असोज ५ र ६ गते सामाजिक सेवा दिवस मनाउनको लागी संघ,प्रदेश र स्थानीय तहमा रहि कार्यरत राष्ट्रिय तथा अन्तरास्ट्रिय गैरसरकारी सामाजिक संघसस्था,नागरिक समाज,समाजसेवी तथा सम्बद्ध सरोकारवालाहरुलाइ विभिन्न कार्यक्रमहरुको आयोजना गरि भब्य रुपमा यो दिवस मनाउन आव्हान गरे अनुरुप यो दिवस मनाइएको अस्पतालका प्रशासकीय अधिकृत जसराज बिश्वकर्माले बताउनु भयो ।

No description available.

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation