
कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा ढक/तराजु नवीकरण तथा चेक जाँच हुने भएको छ । व्यापार व्यवसायलाई सन्तुलित, मर्यादित र विश्वसनीय बनाउनको लागि यहि असोज ७ गते देखि ९ गते सम्म ३ दिन चेक जाँच तथा नविकरणका कार्य सञ्चालन गरिने उद्योग वाणिज्य संघ कपिलवस्तुले जनाएको छ ।
संघको कार्यालय चार नम्बर जितपुरमै हुने कार्यक्रममा नापतौल कार्यालय बुटबलको सहयोग रहने भएकाले जिल्लाका सम्पुर्ण व्यवसायीहरुलाई आफ्ना ढक तराजु नवीकरण तथा चेक जाँच गर्न पनि संघले आग्रह गरेको छ ।