३ दिने रोवोर्टिक्स तालिम पछि हिलवर्टका विद्यार्थीले प्रस्तुत गरे विभिन्न यन्त्रका नमुना

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा रहेको हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलमा सञ्चालित ३ दिने रोवोर्टिक्स तालिम लिएपछि विद्यार्थीहरुले विभिन्न उपकरण र यन्त्रको नमुना प्रस्तुत गरेका छन । गत असोज ४ गते बाट सञ्चालित तालिम बाट विद्यार्थीहरुले विज्ञान, प्रविधि, आविष्कार, गणित, इन्जिनियरिङ लगायत उद्यमशीलताको विकास गर्ने खालका नमुना देखाएका थिए ।

६५ जना विद्यार्थी विभिन्न समुहमा विभाजित भएर निर्माण गरिएका उपकरणहरु व्यावाहारिक जिवनमा निक्कै आवश्यक रहेका थिए । विद्यार्थीहरुले घरमा हुने ग्यास लिकेज पत्ता लगाउने मेसिन, विद्युतिय कार, विद्युत खपतको लागि उज्यालोमा आफै बन्द हुने ब्लव, मानिसले जस्तो काम गर्न सक्ने रोवर्ट लगायत विभिन्न उकपरणका नमुना प्रस्तुत गरेका थिए ।

No description available.

३ दिने रोवर्टिक्स तालिमको समापन कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिकाकी उप प्रमुख रिता कुमारी चौधरीले प्राविधिक शिक्षा नै आजको आवश्यक्ता रहेको बताउनु भएको छ । विद्यार्थीमा रहेको सृजनशीलता, उद्यमी सोच र अन्वेषणात्मक क्षमता विकास गर्न यस्ता खालका तालिमको महत्व रहेको बताउँदै तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सके मात्र तालिमले सार्थकता पाउने उहाँले बताउनु भएको छ । समाज रूपान्तरणमा विद्यार्थीको घोकन्ते शिक्षा भन्दा व्यवहारिक शिक्षा महत्वपूर्ण हुने भएकाले अबको समयमा विद्यालयहरुले प्राविधिक शिक्षालाई जोड दिनुपर्ने उहाँको तर्क रहेको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक बुद्धि पौडेल ले आजको आधुनिक र वैज्ञानिक युगमा विभिन्न प्रविधिको महत्व रहेकोले आफुहरुले यस्तो कार्यक्रम सञ्चालन गरेको बताउनु भएको थियो । साथै उहाँले विद्यार्थीको शिक्षा सगैँ व्याक्तित्व विकास गर्ने खालका कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने पनि बताउनु भएको थियो ।

त्यस्तै नेपाल रोवर्टिक्स एसोसिएसनका सचिव ओमकार जयसवालले यस्ता प्राविधिक तालिममले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताउनु भएको छ । सरकारले सहयोग गर्ने हो भने नेपाली विद्यार्थीहरु पनि केहिमा कमि नभएको स्पष्ट पार्नुभयो ।

विद्यालयका अध्यक्ष दीपक खनालको अध्यक्षता, शिक्षक रविन्द्र पौडेलको स्वागत मन्तव्य र शिक्षक तेज प्रसाद आचार्यको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, विभिन्न विद्यालय र संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

No description available.

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation