
कपिलवस्तु । गत वर्ष नेपालमै पहिलो पटक ‘साइकल प्लाङक ब्यालेन्स’ (पानी माथि ट्रयाक बनाएर खेलिने खेल) प्रतियोगिता आयोजना गरेर ख्याती कमाएको लायन्स क्लव अफ कपिलवस्तुले उक्त प्रतियोगिताको दोस्रो संस्करण गर्ने भएको छ । जिल्लामा खेलकुद सङ्गै पर्यटनको विकास गर्नको लगि यस प्रतियोगितालाई निरन्तरता दिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको तयारीबारे जानकारी गराउन आज शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकाश घिमिरेले प्रतियोगितामा सबैलाई सहज हुनेभएकाले पहिलेकै स्थान जिल्लाको बाणगंगा नगरपालिका ३ राजापानीको एक पोखरीमा गर्न लागेको बताउनु भएको छ । यहि असोज २७ गते हुने खेलमा विश्व साइकलयात्री अजित बराल आउने पनि उहाँले बताउनु भएको छ । प्रतियोगिताको लागि आबेदन खुला गरिएकोले प्रतियोगितामा सहभागी हुन चाहानेहरुले अबेदन फर्म भर्न सक्ने पनि उहाँले बताउनु भयो । गत वर्ष १४५ जनाले रजिष्ट्रशन फर्म भरेका थिए भने अहिले करिब २५० देखि ३०० जनाले आबेदन दिने क्लबको अनुमान रहेको छ ।
आबेदनको लागि रजिष्ट्रेशन शुल्क १५ सय लाग्ने र टिसर्ट, हेलमेट, लाइफ ज्याकेट लगायतका सुरक्षाका सामाग्री, पिउने पानी, साइकल नहुनेका लागि साइकल क्लवले नै व्यवस्थापन गर्ने खेल संयोजक विष्णु प्रसाद घिमिरेले जानकारी दिनुभयो । खेलको क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सहभागीको सुरक्षाको लागि नेपाल प्रहरी, लायन्स र लियो क्लवका युवाहरुको टोली, एम्बुलेन्स, स्वास्थ्य सामाग्री लगायतको व्यवस्था गरिने पनि उहाँले बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरनमान बज्राचार्यले प्रतियोगितालाई सफल रुपमा सम्पन्न गर्नको लागि जिल्लाका हरेक मिडिया लागि पर्ने प्रतिबद्धता जनाउनु भएको छ । लायन्सका हरेक कार्यमा मिडियले सहकार्य गरेको स्मरण गर्दै आफुहरु सधै सकरात्मक भएको उहाँले बताउनु भयो ।
प्रतियोगितामा १२ वर्ष भन्दा माथिका व्यक्ति सहभागी हुन पाउने भएपनि १२ देखि १८ वर्ष उमेरका किशोरकिशोरीको हकमा अनिवार्य अभिभावकको उपस्थिती र अनुमति लिनुपर्नेछ भने १८ वर्ष भन्दा माथिका ब्यक्तिको हकमा भने जटिल किसिमका समस्या नभएका जसले पनि सहभागिता जनाउन पाउने क्लवले जनाएको छ ।
२७ गते गते बिहान १० बजेबाट सुरु हुने प्रतियोगिता दर्शकले निशुल्क रुपमा हेर्न पाउने छन । प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्धितिय हुनेले २५ हजार र तृतियले १५ हजार र सान्त्वना हुनेलेसम्मान स्वरुप पुरस्कार प्राप्त गर्नेछन् । गत वर्ष प्रतियोगितामा ९ लाख खर्च भएको र यस वर्ष १३ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।
आवेदन दिनको लागि तलको लिङ्क मार्फत जान सकिनेछ
https://docs.google.com/forms/d/e/1FAIpQLScYP12P7Li5Vx4xcuaDMbXUijxSQV4aA84_4AyDdlwyjiuR9g/viewform?pli=1