
कपिलवस्तु । लुम्बिनी प्रदेशको योजना आयोगका नवनियुक्त सदस्य सरोज खनालले विशेषगरि कपिलवस्तुका उद्योगी व्यवसायीहरुको हकहितको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । आज शनिवार उद्योग ब्यापार संघ कपिलवस्तुले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
सिङ्गो देशको अर्थतन्त्र उकास्नको लागि व्यवसायीहरुको भुमिका महत्वपुर्ण हुनेभएकाले आफ्नो कार्यकालमा देखिने र अनुभव हुने गरि काम गर्ने उहाँले बताउनु भयो । देशमा अहिले आर्थिक मन्दि लागेको आफुले पनि अनुभव गरेकोले त्यसलाई सन्तुलनमा ल्याउन सरकारले व्यवसायीहरुको पक्षमा विशेष योजना ल्याएर काम गर्नुपर्नेमा उहाँको जोड रहेको थियो ।
तयस्तै कार्यक्रममा बोल्दै संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले नवनियुक्त खनाललाई बधाई तथा शुभकामना दिदै कपिलवस्तुलाई विशेष प्राथमिकता दिनेमा विश्वास ब्यक्त गर्नुभएको थियो ।संघका संरक्षक टोपनारायण बेल्बासे, निवर्तमान अध्यक्ष हुमनाथ पौडेल, संघका पदाधिकारी लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन संघका सदस्य सन्तोष गैरेले गर्नुभएको थियो ।