कपिलवस्तुमा पनि घर जग्गा ब्यबसायी संघ गठन

कपिलवस्तु । कपिलवस्तुको चार नम्बर मा बसेको घर जग्गा ब्यबसाइहरुको भेलाले बिस्वराज पौडेल को अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ।कार्यक्रम मा घरजग्गा ब्यबसाइ महासंघका केन्द्रीय सदस्य एबम रुपन्देही अध्यक्ष दसरथ पौडेल को प्रमुख आतिथ्यता मा भएको भेलामा घरजग्गा खरिदबिक्री कर्ता हरुको सहजता,बैधानिकता र बैज्ञानिक ढङ्गले ब्यबासायलाइ अगाडि बढाउने उदेश्य ले कपिलवस्तु मा पनि उक्त संघ गठन गरेको अध्यक्ष बिस्वराज पौडेलले जनाउनुभएको छ।

उक्त भेलाले बिस्वराज पौडेल अध्यक्ष ,भिम प्रसाद सापकोटा उपाध्यक्ष ,सिद्दी अधिकारी महासचिव ,खगेश्वर गिरि सचिब,शालिकराम आचार्य कोषाध्यक्ष र सदस्य हरुमा क्रमश विश्व पन्थी,कुलराज पौडेल ,बिजय सापकोटा,बैकुण्ठ बेल्बासे,शिवलाल बेल्बासे,चिरञ्जीवी पन्थ सहित को तदर्थ समिति गठन गरेको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation