
कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा रहेको कपिलवस्तु सामुदायिक अस्पताललाई थप सेवा सुविधा सहित विस्तार गर्नुपर्नेमा कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । अस्पताल विकास समितिको दसौं स्थापना दिवसको अवसरमा बिरामीलाई फलफुल वितरण गर्ने कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै अस्पताल विकास समिति उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष राम प्रसाद गैरेले विगतमा भन्दा अहिले अस्पतालको सेवा सुविधा विस्तार भएको भन्दै यसलाई अझ शसक्त ढङ्ग बाट अगाडि बढाउने बताउनु भएको थियो । अस्पतालको सेवालाई प्रवद्र्धन गर्न समिति मात्र सक्रिय भएर नपुग्ने भएकाले तिनै तहका सरकार, विभिन्न संघ संस्था, राजनैतिक दल, स्थानिय लगायत सम्पुर्ण पक्ष गम्भिर भएर लाग्नुपर्ने बताउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै अस्पतालका संरक्षक तथा सल्लाहकार दुर्गा बहादुर सेनले अस्पताललाई अगाडि बढाउन आफुहरु हरपल तयार रहेकोको बताउनु भएको थियो । एक अर्कामा आरोप प्रत्यारोप गर्नुभन्दा सबै मिलेर जानुपर्नेमा उहाँको जोड रहेको थियो ।
कार्यक्रममा पुर्व वडा अध्यक्ष गणेश बहादुर क्षेत्री, बालकुमारी पन्त, सल्लाहकारहरु रबि बहादुर काफ्ले, बिश्नु बहादुर थापा, राजेन्द्र बिक्रम साह, दोलक बहादुर पछाइ लगायतले बोल्दै सेवा ग्राहिहरुको मन जित्नको लागि अस्पतालका पदाधिकारी, कर्मचारी लगायत सबैले इमान्दार भएर काम गर्नुपर्ने बताउनु भएको थियो । नजिकै रहेका स्वास्थ्य क्लिनिक र मेडिकलहरुमा सेवाग्राहीहरुको भिड लाग्दा जिल्लको ठुलो अस्पताल मानिने यस अस्पतालमा विरामी नआउनुमा अब गम्भिर भएर समिक्षा गर्नुपर्ने उहाँहरुले बताउनु भएको छ ।
अस्पतालका विकास समितिका पदाधिकारी, कर्मचारी, स्थानीय, पत्रकार लगायत विभिन्न व्याक्तिहरुको उपस्थित रहेको कार्यक्रमको सञ्चालन भने विकास समिति महासचिव दिनेश क्षेत्रीले गर्नुभएको थियो ।