महिला फुटबलमा नेपाल जापानसँग ८–० गोलले पराजित

काठमाण्डाै ।  १९ औँ एसियाली खेलकुदको महिला फुटबलमा नेपाली महिला राष्ट्रिय टोली जापानसँग फराकिलाे अन्तरले पराजित भएको छ ।

बेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा आज साेमवार भएको समूह ‘डी’ को खेलमा नेपाल जापानसँग ८–० गाेलले पराजित भयाे । पहिलाे हाफमा ५ गाेल गरेकाे जापानकाे दाेस्राे हाफमा ३ गाेल थप्याे । जापानका लागि ओसावा हरुकाले २ तथा शिओकाेशी युजुहाे, यामामाेताे युजुकी, युइनाे मामी, वाकिसाका रेना, साकाकिबारा काेटाेनाे र हिजिकाता मायाले १/१ गाेल गरिन् ।

नेपालले समूह चरणकाे अन्तिम खेलमा बिहीवार बङ्गलादेशसँग खेल्नेछ । यसअघि शुक्रवार भएकाे पहिलाे खेलमा नेपाल भियतनामसँग २–० गाेलले पराजित भएकाे थियाे ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation