ढिस्कोले पुरिएर गुल्मीमा १ जनाको मृत्यु, २ घाइते

गुल्मी ।  निर्माणाधीन घरमाथिबाट खसेको ढिस्कोमा पुरिएर गुल्मीमा एक जनाको मृत्यु भएको छ । सोमबार रेसुङ्गा नगरपालिका–३ भाडगाउँस्थित शेरबहादुर बेल्वासेको घर माथिबाट खसेको ढिस्कोमा पुरिँदा प्यूठानको गौमुखी गाउँपालिका–३ निवासी १७ वर्षका डोरबहादुर घर्तीको मृत्यु भएको हो ।

ढिस्कोमा पुरिएर प्यूठानको गौमुखी गाउँपालिका–३ का २४ वर्षीय टेकबहादुर घर्ती र घरधनी शेरबहादुर बेल्वासे घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी नवीनकिशोर प्रधानले बताए । घाइतेको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation