कपिलवस्तुको बैरियामा बस नालामा खस्यो, सवार ४२ यत्रु सुरक्षित

कपिलवस्तु । काठमाडौ देखि रोल्पा जाँदै गरेको रात्रीकालिन बस कपिलवस्तुको बाणगंगामा दुर्घटनामा परेको छ । बसमा सवार ४२ जना यत्रुकै अवस्था सामान्य रहेको पिपरा प्रहरी सहायक निरिक्षक लक्ष्मि प्रसाद चौधरीले बताउनु भएको छ ।

आज बिहान करिब सढे पाँच बजेको समयमा ना ५ ख ६१२५ नम्बरको यात्रु वाहक बस बाणगंगा १ बैरियामा दुर्घटनामा परेको हो । साइकल र एम्बुलेन्सलाई तर्काउने क्रममा नालामा खस्न गएको बसका डाइभर रोसन सुनारले बताउनु भएको छ ।

बसमा क्षति भएकाले अब यात्रुहरुलाई गन्तब्यमा पुर्याउने र बसलाई नाला बाट निकाल्ने प्रयास गरिने प्रहरी निरिक्षक चौधरीले बताउनु भएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation