सैनामैनामा विश्व पर्यटन दिवस विविध कार्यक्रम गरि मनाईयो

नरेश चौधरी, सैनामैना।
रुपन्देहीको सैनामैनामा ४४औं विश्व पर्यटन दिवस मनाईएको छ । सेप्टेम्बर २७ अर्थात् असोज १० गते सैनामैना होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा सो दिवस मनाइएको हो ।

कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले सैनामैनामा पर्यटन क्षेत्रको विकासका लागी योजनाबद्ध तरीकाले काम गर्नु पर्ने बताउनु भयो । लुम्बिनी आएका आन्तरिक तथा बाह्य पर्यटकलाई सैनामैनामा बस्ने वातावरण बनाउनु पर्नेमा उहाँले जोड दिनु भयो । सैनामैनामा रहेका वोलबमंधाम, मलमला क्षेत्र, हिलपार्क, सिमसार क्षेत्र लगाएत पर्यटन संग जोडिएर रहेका क्षेत्रको विकास गरि आय–आर्जनको माध्यम बनाउनु पर्ने उहाँको भनाई छ । ‘सबैको सहकार्यमा सैनामैनामा पर्यटन क्षेत्रको विकास गर्छौ’ उहाँले भन्नुभयो ।

सैनामैनामा रहेका पर्यटन तथा विकासका गौरवका योजनाहरु निर्माण गर्न नगरपालिकाले चाँसो दिनुपर्ने नेकपा एमाले सैनामैना नगर इन्चार्ज खुसिराम चौधरीले बताउनुभयो । ‘सैनामैनामा विभिन्न गौरवका योजनाहरुछन् त्यसको निर्माणमा ढिलाई भएकाछन्, कतिको डिपिआर बनेकाछन् तर काम अघि बढ्न सकेका छैनन्, यी सबै गौरवका योजनाहरुका काम समयमै सम्पन्न गर्न सके पर्यटन क्षेत्रको विकासमा टेवा पुग्थ्यो’ उहाँले भन्नुभयो ।सैनामैनामा रहेका वौद्धकालिन सभ्यता सँगा जोडिएर रहेका क्षेत्र, वोलबम धाम, लगाएत पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

सैनामैनाको विकास पर्यटन संग जोडेर गर्नुपर्ने नेपाली कांग्रेस सैनामैना नगर सचिव अर्जुन पौडेलले बताउनु भयो । पर्यटनको विकास गर्न होटल व्यवसयिको भूमिक महत्वपूर्ण रहेको नेकपा माओबादी केन्द्र सैनामैना नगर उपाध्यक्ष राजेन्द्र घिमिरेले बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति राजबहादुर क्षेत्रीले सैनामैना पर्यटनको प्रचुर संभावना भएको क्षेत्र भएकोले यसको विकास गर्न जरुरी रहेको भनाई छ ।
आन्तरिक तथा बाह्य पर्यटक भित्राउनका लागि पर्यटन क्षेत्रको विकासमा राज्यले विशेष ध्यायन दिनुपर्ने होटेल व्यवासयी महासंघका सचिव नारायण सेनले बताउनु भयो । विश्व पर्यटन दिवसले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र यस क्षेत्रमा माहोल सिर्जना गर्न मद्दत पुग्ने उहाँको भनाई छ ।

पर्यटन क्षेत्रको विकासका लागि यो कार्यक्रम गरिएको सैनामैना होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष झविन्द्र पोख्रेलले बताउनुभयो । पर्यटन क्षेत्रसँग सरोकारवाला निकाय संगको समन्वयमा दिवस मनाउन लागिएको होटेल तथा रेष्टुरेन्ट व्यवासयि संघ सैनामैनाका सचिव गोविन्द खरेलले बताउनु भयो ।

संघले कार्यक्रम सैनामैना १ वनकट्टामा एक कार्यक्रमको उद्घाटन गरि ¥याली सहित सैनामैना १० साल्झिण्डीमा समापन गरिएको थियो । विश्व पर्यटन दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइदैछ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation