बाणगंगाको एन्जल्स कम्प्युटरको डिसिए कोर्समा अब वेब डेभलभमेन्ट पनि

कपिलवस्तु । लामो समयदेखि विद्यार्थीको इच्छा र माग अनुसारका कम्प्युटर सम्बन्धि विभिन्न विषयमा सेवा दिदै आइरहेको एन्जल्स कम्प्युटर ट्रैनिङ ईन्स्टिच्युटले अब वेब डेभलभमेन्ट कोर्ष पनि थप्ने भएको छ । ईन्स्टिच्युटमा पढाई हुने डिसिए कोर्स अन्तर्गत वेब डेभलभमेन्ट पनि थपिएको इन्स्टिच्युटका डाइरेक्टर राहुल शर्माले बताउनु भएको छ ।

जिल्लामै नयाँ र जिवनपयोगी कोर्शहरु ल्यएर नाम कमाउन सफल भएको ईन्स्टिच्युट बाट वेब सम्बन्धि कार्य गर्न मन भएका जोसुकैले पनि कोर्श अध्यन गर्न सक्ने शर्माले बताउनु भएको छ । वेब डेभलभमेन्ट बाट वेब डिजाईन, विभिन्न प्रकारका वेबसाइटहरुको निर्माण गर्न सकिने बताउनु भएको छ । इन्स्टिच्युटले करिब ६ वर्षको अवधिमा करिब २ हजार विद्यार्थी लाई कम्प्युटर सम्बन्धि विभिन्न सिप प्रदान गरीसकेको र अहिले पनि ३ सय बढी विद्यार्थीहरु विभिन्न कोर्समा अध्यानरत रहेको इन्स्टिच्युटका डाइरेक्टर शर्माले बताउनु भयो ।

बाणगंगा नगरपालिका वडा नं. ८ बोडगाउँमा रहेको यस इन्स्टिच्युटमा अहिले पनि कम्प्युटरका विभिन्न नयाँ नयाँ कोर्श थप्दै विद्यार्थीहरुको लागी सेवा दिदै आइरहेको छ। कपिलवस्तु सहित छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा, गल्मी, रुपन्देही लगायत विभिन्न जिल्ला बाट कलेज पढ्न आएका विद्यार्थीहरुले उक्त इन्स्टिच्युट बाट विभिन्न कोर्सहरु गरिरहेका छन ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation