वडा अध्यक्ष टण्डनको चुनौती : एक रुपैयाँ खाएको प्रमाणित गर्नुहोस्

कपिलवस्तु । बाणगंगा खोलाको विषयमा सञ्चार माध्यममा आफ्नो नाम जोडेर आएपछि बाणगंगा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष करुण टण्डनले गल्ती गरेको भए प्रमाणित गर्न चुनौती दिनु भएको छ । केहि दिन पहिला कपिलवस्तु सहित देशका विभिन्न सञ्चार माध्यममा बाणगंगा खोलाको जग्गा किनबेचमा आफ्नो नाम जोडेर समाचार आएपछि पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो चुनौती दिनु भएको हो । गल्ती नहुदा पनि केहि तत्वले आफुलाई बदनाम गर्न खोजेको उहाँले आरोप लगाउनु भएको छ ।
जग्गा पास गर्दा वडा अध्यक्षले अपनाउनु पर्ने सम्पुर्ण नियम, कानुन र तौर तरिकालाई मानेरै कानुन बमोजिम आफुले जोखन थारुको नाममा रहेको जग्गा पासको लागि सिफारीस गरेको टण्डनको दाबी रहेको छ । जग्गा बेच्दा वडा अध्यक्षले कृषि योग्य र आवास योग्य गरि २ प्रकारका जग्गालाई मात्र सिफारिस गर्न मिल्ने भएको भन्दै आफुले कृषि योग्य जग्गाको आधारमा सिफारिस गरेको बताउनु भएको छ ।
त्यस्तै वडा अध्यक्ष टण्डनले जग्गा धनि स्वयम उपस्थित भएको, कर नियमित रुपमा तिरेको, नागरिकता भएको लगायत सबै प्रक्रिया पुरा भएकाले आफुले सिफारिस गरेको बताउनु भएको छ । उनले थपे “पुर्जा भएको कोही आएर जग्गा बेच्छु भन्यो भने मैले सिफारिस नदिने, मलाई धेरै गाह्रो भयो, जग्गा नबेची भएन भन्दै आउनु भयो अनि मैले सिफारिस दिए”।
त्यस्तै जग्गा बेच्ने बाणगंगा नगरपालिका वडा नं ६ अमौली निवासी जोखन थारुले आफुले परापुर्व कालदेखि नै उक्त जग्गाको भोंगचलन गरेको र नियमित रुपमा कर पनि तिरेको बताउनु भएको छ । घरमा रिण लागेपछि जग्गा बेच्नु परेको उहाँले दाबी गर्दै ‘रिण लागेपछि के गर्ने ? छोरा नाति बेच्न भएन, आफु सङ्ग यहि जग्गा थियो यहि बेचे’, उहाँले भन्नुभयो ।
त्यस्तै स्थानि सन्तराम थारुले इमान्दार वडा अध्यक्षको पहिचान गराएका वडा अध्यक्षलाई राजनैतिक पुर्वाग्रह साधेर बदनाम गर्न खोजेको बताउनु भयो । देशैभर यस्तै समस्या रहेको भन्दै उहाँले केहि राम्रो गर्न खोज्ने मान्छेलाई अगाडि बढ्न नदिएको भन्दै आक्रोश समेत पोख्नु भयो ।
बाणगंगा खोलाको विषय केहि दिन पहिला सञ्चार माध्यममा आएको थियो। जोखन थारुको नाममा रहेको जग्गा किनबेचको क्रममा उक्त जग्गा खोलामा पर्नेभएपछि विवादित बनेको हो । खोलामा पर्ने कित्ता नं १३१३ को जग्गा २०८० साल जेष्ठ ४ गते विक्री भएको जनाइएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation