बाणगङ्गामा आज रबि लामिछाने आउँदै

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति एबम प्रतिनिधिसभा सदस्य रबि लामिछाने आज कपिलवस्तुको बाणगङ्गा मा आउनुहुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी का लुम्बिनी प्रदेस सदस्य तथा शिक्षा बिभाग प्रमुख रोम बरालको १० गते राती सवारी दुर्घटनामा परि ज्यान जाँदा पार्टी संगठन लाई पुगेको अतुलनीय क्षति र परिवारजनलाइ परेको अकल्पनीय पीडा मा समवेदना प्रकट गर्न रास्वपाका केन्द्रिय सदस्य लामिछाने कपिलवस्तुको बाणगङ्गा नगरपालिका वार्ड नम्बर २ पिपरा स्थित स्वर्गीय रोम बराल को निवासमा आउने लुम्बिनी प्रदेश प्रवक्ता कमल पोख्रेलले जनाउनुभएको छ।

हिंज पनि केन्द्रिय सदस्य शंकर श्रेष्ठ लगायत को केन्द्रिय टिम आउने तय गरिएको भएपनी बाटो खराबी का कारण राती अबेर हुंदा उपस्थिती जनाउन असमर्थ भएकोले यात्राको क्रममा मौसम प्रतिकुलता वा प्राबिधिक समस्या नभएमा आज बेल्का ५ बजेसम्म यहाँ आउने कुरा जिल्ला सभापति शिव कुमार सुवेदीले जानकारी दिनुभएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation