अर्घाखाँचीको नाका कटेको रत्तचन्दन पथ्थरकोटमा पक्राउ

कपिलवस्तु ।  अर्घाखाँचीको सडक हुँदै रत्तचन्दन लिएर गइको सवारी पथ्थरकोटमा पक्राउ परेको छ । ६/५ क्विन्टल रक्तचन्दन सहित लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रक सहित ३ जनालाई बुद्द्भुमी १ पत्थरकोट बाट पक्राउ गरेको छ । इप्रका ठाडाको रेकर्डमा बिहान ४ बजेर १० मिनेटमा यि सवारी पास भएका छन प्रहरीको दर्तामा यि सवारी खाली लेखिएको छ ।

अर्घाखाँचीका बिभिन्न प्रहरी नाका पार गरेर जिल्ला कटे पछि उत्त रत्तचन्दन कपिलबस्तुको प्रहरी टोलीले पक्राउ गरे पछि अर्घाखाँचीबाट कसरी पास भयो भन्ने संकाको बिषय बनेको छ । अर्घाखाँचीको खासगरि इलाका प्रहरी कार्यालय ठाडाको नाकामा चेक गर्ने गरिए पनि उत्त रत्तचन्दन ठाडामा चेकिङनै नभएको वा प्रहरीको सेटिङमा गएको हो भन्ने स्थानियको अनुमान छ ।

ठाडाको एलाका प्रहरीकार्यलयमा बिगत केही दिन देखि अबैध सामाग्री निकासी भइरहेका समेत छन प्रहरीलाई जानकारी गराउदा समेत अबैद रुपमा भैसीहरु समेत निकासी भए पछि स्थानियहरुले पक्राउ गरेर प्रहरीमा पटकपटक बुभाएका छन । अबैध रुपमा भैसीलाने ब्यापारीले ठाडा प्रहरी सँगको समन्वयमा लैजाने गरेका बताएका छन उनले स्थानिय प्रहरीलाई मासिक रकम बुझाएर लैजाने गरेको बताएका छन । प्रहरीले नै यसरी सेटिङमा भैसी पठाएको जानकारी भएकोले ठाडामा प्रहरीको सहयोगमा रत्तचन्दन पनि पास भएको हुन सक्ने आसंका पैदा भएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation