
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ गजेहडामा रहेको बाणगंगा माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन गरिएको छ । आज नगर शिक्षा युवा तथा खेलकुदा शाखा प्रमुख खिम बहादुर जि.सी. को अध्यक्षतामा भएको कार्यक्रम बाट ४ सदस्यीय विद्यालय व्यवस्थापन समिति र ५ सदस्यीय शिक्षक अभिभावक संघको गठन गरिएको छ ।
हरी प्रसाद पौडेल, रोमनाथ राना मगर, अनिता कुमारी थारु र श्रीजना चालिसे रहेको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भने पछि कार्यसमिति भित्र बाट चयन गरिने जनाइएको छ । त्यस्तै राम शुभागे थारुकोको अध्यक्षतामा गठन गरिएको शिक्षक अभिभावक संघको सदस्यहरुमा भने बिमला श्रेष्ठ, ज्ञानु नेपाली, कमला घर्ती र सन्तराम थारु रहनुभएको छ ।
कार्यक्रममा बोल्दै नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी. ले विद्यालयको शैक्षिक गुणस्तरलाई वृद्धि गर्नको लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक र अभिभावकको विशेष भुमिका रहने बताउनु भएको छ । अब विद्यालयले पुरानो शिक्षण पद्धतीलाई सुधार गर्दै व्यावाहारिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिका ४ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थपन समितिका अध्यक्ष छबि रेस्मी मगरले समिति चयन गरिसकेकोले अब छिट्टै अध्यक्ष पनि चयन गर्ने बताउनु भएको छ । जिल्लामै विद्यालयले छुट्टै पहिचान बनाएको भन्दै त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापनका पुर्व अध्यक्ष गणेश थारु, शिक्षक, अभिभावक, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत गरि ४ जनाको उपस्थिती रहेको थियो ।