स्वर्गीय बरालको परिवार सङ्ग सिङ्गो पार्टी छ : रमेश प्रसाईं

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य रमेश प्रसाईंले स्वर्गीय रोम बरालको परिवार सङ्ग सिङ्गो पार्टी पङ्ती रहेको बताउनु भएको छ । गत असोज १० गते राति मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउनु भएका रास्वपा प्रदेश शिक्षा विभाग प्रमुख रोम बरालको परिवार लाई भेटि उहाँले यस्तो बताउनु भएको हो । आइतवार साँझ प्रशाई सहित शंकर श्रेष्ठ, बिभागिय प्रमुख बिपिन सुवेदी लगायत ५ जनाको टिम कपिलवस्तुको बाणगङ्गा २ पिपरा निवासी स्वर्गीय बरालको निवास मै पुगि समवेदना प्रकट गरेका छन ।

शनिवार करिब ४ः३० बजेदेखी बादल, हावा र सामान्य बर्साका कारण अन्तिम समयमा रबि लामिछाने को यात्रा स्थगन भएको थियो । शनिवार बेलुका ५ देखि ५ ः३० सम्ममा आउने खबरले जिल्ला का धेरै कार्यकर्ता को उपस्थिति तयारी रहिरहंदा आफू मौसम प्रतिकुलता का कारण केन्द्रिय सभापति रबि लामिछाने उपस्थित हुन नसके पनि टेलीफोन मार्फत उपस्तिथ मर्माहत कार्यकर्ता माझ शोकाकुल परिवार र आफन्तजनलाइ रोम बरालको अकल्पनीय निधनले सिङ्गो पार्टी पङ्ग्ती र समाजलाइ अतुलनीय क्षती पुगेकाले सबैले धैर्य धारण गरि स्वर्गीय बराल मा आश्रीत परिवारलाई हरेक कुरामा सहयोग पुराउन सबैलाइ आग्रह गर्नुभएको सन्देस समेत प्रसाइले पुन जानकारी गराउनुभएकोथियो । साथै आफ्नो तर्फबाट समेत उहाँहरुका हरेक अप्ठ्यारोमा पुर्ण सहयोग पुराइने प्रतिवद्दता समेत जनाउनु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी का लुम्बिनी प्रदेस सदस्य तथा शिक्षा बिभाग प्रमुख रोम बरालको १० गते राती सवारी दुर्घटनामा परि ज्यान जाँदा पार्टी संगठन लाई पुगेको अतुलनीय क्षति र परिवारजनलाइ परेको अकल्पनीय पीडा मा समवेदना प्रकट गर्न रास्वपाका केन्द्रिय सदस्य लामिछाने कपिलवस्तुको बाणगङ्गा नगरपालिका वार्ड नम्बर २ पिपरा स्थित स्वर्गीय रोम बराल को निवासमा आउने तयारी अन्तिम समयमा मौसम बाधक बनेको प्रदेश प्रवक्ता कमल पोख्रेलले जनाउनुभएको छ ।

भैरहवा देखि काठमाडौ को हवाइ मार्गमा मौसम ले साथ नदिदा हिंज उपस्थिती जनाउन असमर्थ भएकोले समय मिलाएरै स्वर्गीय बराल ज्यु को घरमा केन्द्रिय सभापति सकेसम्म छिटो आउने कुरा जिल्ला सभापति शिव कुमार सुवेदीले जानकारी दिनुभएको छ । आजको शोक सभा मा पनि वडा देखि केन्द्रिय तह सम्मको प्रतिनिधि मुलक उपस्थिति रहेको बाणगङ्गा नगर सभापति बुद्दिसागर बेल्बासेले जनाउनु भएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation