आज यी प्रदेशमा हल्कादेखि भारी वर्षा

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै भारतको दक्षिणपश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation