दशै, तिहार र छठ सकेर देशभरका जनाता काठमाडौ पुग्छन : दुर्गा प्रशाई

कपिलवस्तु । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते देशभरका जनतालाई काठमाडौमा गएर भ्रष्ट र दलाल नेता तथा माफिया विरुद्ध आन्दोलन गर्न आग्रह गर्नुभएको छ । आज कपिलवस्तुको चारनम्बरमा आउनुभएका प्रसाईँले दशै तिहार र छठ सकेर बैँक तथा लघुवित्त बाट पिडित स्थानियलाई काठमाडौमा गई उनिहरुको घरघरमा गएर आन्दोलन गर्न आग्रह गर्नुभएको हो ।

अहिले जनतालाई दुख दिने बैँक तथा वित्तिय संस्था केहि दलाल नेताहरुको मुठ्ठीमा रहेकोको दाबी गर्नुभएको छ । माफियाहरुले लघुवित्त संस्थालाई क्यासिनो र सोझासाझा जनतालाई गोटि जस्तो गराएको आरोप समेत लागाउनु भएको छ ।

पिडित जनतालई मुक्ति दिलाउने बाहेक आफ्नो कुनै स्वार्थ नरहेको दबी गर्दै पिडितहरुको पक्षमा लडिरहने बताउनु भएको थियो । अरु राजनैतिक दलहरु जस्तो आफू मिसन २०८४, भनेर भोट माग्न र पैसा उठाउन नहिडेको तर नेपाल भित्र नेपाली खोज्न लागेको बताउनु भएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation