बाणगंगा सहित कपिलवस्तुका १० वटै पालिकाका कर्मचारी अनिश्चितकालिन पेन डाउन आन्दोलनमा

कपिलवस्तु । कपिलवस्तुको बाणगंगाका कर्मचारीहरुले आज अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन आन्दोलन गरेका छन । बाणगंगा सहित जिल्लाका १० वटै स्थानीय तहका कर्मचारीहरुले आजदेखि अनिश्चित कालिन पेन डाउन आन्दोलनको सुरु गरेका हुन । हातमा कालो पट्टि बाँधेर नगरका सम्पुर्ण कर्मचारी आन्दोलनमा बसेका छन ।

केन्द्रिय कर्मचारी सङ्घर्ष समितिको निर्णय अनुसार आज देशभरका ७५३ वटै स्थानिय तहका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन । संसदमा पेस हुने तयारीमा रहेको सङ्घीय निजामती ऐनप्रति असन्तुष्ट जनाउँदै स्थानीय तहका कर्मचारीहरू आन्दोलित भएका हुन ।

नगरका सम्पुर्ण कर्मचारी सहित आन्दोलनमा सहभागि हुनुभएका कर्मचारी सङ्घर्ष समिति बाणगंगाका संयोजक सान्ताराज आचार्यले संघिय निजामति सेवा ऐनको सट्टा एकिकृत सेवा ऐन जारि गरिनुपर्ने, स्थानिय तहको प्रमुख प्रशासकिय अधिकृत पद स्थानिय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामतिको परिभाषा भित्र स्थानिय तहका कर्मचारीहरुलाई समेत समावेश गरिनुपर्ने, तीनै तहमा समान वृतिविकास, अन्तर प्रदेश सरुवा,विना सहमति चकृय सरुवा प्रणाली, समायोजनका कर्मचारीको उचित व्यवस्थापन, उमेर हद र सेवा अवधि गणना, सेवा सुरक्षाको सुनिश्चितता हुनुपर्ने लगायतका मागहरु रहेको आचार्यले जानकारी दिनुभएको छ ।

प्रशासनिक संघियता पुर्ण कार्यान्वयनको आधार, तिनै तहका कर्मचारीको समान आधिकार भन्ने नाराका साथ सुरु भएको आन्दोलनमा आफ्ना मागहरु पुरा नभए अझ शसक्त आन्दोलनमा उत्रिने आन्दोलनरत कर्मचारीहरुले चेतावनी समेत दिएका छन ।

यता नगर प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले कर्मचारीहरुका मागलाई केन्द्र बाटै सम्बोधन हुनुपर्ने बताउनु भएको छ । त्यस्तै उहाँले कर्मचारीका मागहरु छिट्टै सम्बोधन भई पुनः काममा फर्कीने विश्वास व्यक्त गर्नुभयो ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation