सल्यानमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ ।दाङको तुलसीपुरबाट सल्यानको झिम्पेका लागि छुटेको  यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।

आज दिउसो ३ बजेतिर सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस सल्यानको कपुरकोट गाउँपालिकाको मूलपानी नजिकै दुर्घटना हुँदा दुई जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ज्यान गुमाउनेहरुको  पहिचान अझै खुलेको छैन

दुर्घटनामा चालकसहित २२ जना घाइते भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation