
कपिलवस्तु । लुम्बिनी प्रदेश सहकारी संघका लेखा संयोजक तेज प्रसाद आचर्या ले सहरी तथा ग्रामिण भेगका महिला तथा पुरुष दुबैको आर्थिक अवस्था लाई मजबुद बनाउन सहकारीले महत्वपुर्ण भुमिका खेलेको बताउनु भएको छ । दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेटको १६ औँ वार्षिक साधरण सभामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
कपिलवस्तु जिल्ला सहकारी संघका उपाध्यक्ष समेत रहनुभएका आचार्यले देशमा आर्थिक सङ्कट परिरहेको समयमा सहकारीले विपन्न परिवारहरुको आर्थिक अवस्थालाई माथि उठाउन निक्कै सहयोग गरेको दाबी गर्नुभएको छ । समाज स्पान्तरण देखि हरेक क्षेत्रमा सहकारीको भुमिका महत्वपुर्ण रहेको बताउदै सहकारीले उत्पादनमूलक र उद्यामशील बनाउनु सकेमात्र सहकारीका सदस्यहरुमा जीवनयापनमा सहज पुग्ने विस्वास व्यक्त गर्नु भयो ।
त्यस्तै जिल्ला तथा केन्द्रिय प्रतिनिधि राजेन्द्र विक्रम शाहाले सहकारीले समाजमा उद्यमशिलता लाई जोड दिइरहेको बताउनु भएको छ । सहकारीको मुख्य धर्म भनेकै व्यवसायीको क्षमता विकास गरि रोजगार बढाउनु रहेकोले त्यसमा विशेष ख्याल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
संस्थाका सल्लाकार झलक मल्लले संस्थाले विगत देखि नै राम्रा काम गर्दै आएको बताउदै संस्थालाई माथि उठाउन सबै मिलेर जानुको विकल्प नरहेको बताउनु भएको छ ।
त्यस्तै संस्थाका अध्यक्ष कृष्ण बहादुर शाहीले सहकारीले समाजमा रहेका हरेक मानिसहरुको हित र भलो गर्ने प्रभावकारी माध्यम बनेको बताउनु भएको थियो । स्थानियको आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनका लागि र जीवन स्तर माथि उठाउन आर्थिक पाटो बलियो हुन जरुरी रहेको उहाँले बताउनु भयो ।
उप समिति दिल बहादुर शाहिले २०७९/८० को प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने २०८० को लेखा समितिको वार्षिक प्रतिवेदन लेखा संयोजक चित्र बहादुर खाण्ाँले प्रस्तुत गर्नु भएको थियो ।
कृष्ण बहादुर शाहिको अध्यक्षता, उपाध्यक्ष कमला खाँण (सुस्मा) को स्वागत मनतव्य रहेको कार्यक्रमको सञ्चालन भने सचिव निर्मल शाहिले गर्नु भएको थियो । कार्यक्रममा संस्थाका सेयर सदस्यहरु, संचालक समिति लेखा समिति बुद्धिजिवि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।