
उपकार अनलाईन, रुपन्देही ।
वेब नेटवर्क प्रा.लि.को आठौं बाषिर्क उत्सव शनिवार बुटवलमा सम्पन्न भएको छ । बाषिर्क उत्सवको अवसर पारेर तिलोत्तमा नगरपालिका वडा नं ४ मा रहेको वेब नेटवर्क प्रा.लि. ले मानव सेवा आश्रम बुटवललाई खाद्यान्न वितरण गरेको छ । मानव सेवा आश्रमका संरक्षक शेरबहादुर गौतम क्षेत्रीलाई खाद्यान्न हस्तान्तरण गरेको वेब नेटवर्क प्रा.लि.का संचालक उदय पोख्रेलले जानकारी गराउनुभयो ।
बिगत ८ बर्ष देखी ईन्टरनेट सेवा प्रदानन गर्दै आइरहेको कम्पनीले रुपन्देही, नवलपरासी, अर्घाखाँची, कपिलवस्तुमा आफ्नो सेवा दिदै आइरहेको छ भने कम्पनीले हरेक बर्ष बार्षिक उत्सवको अवसरमा असाय, अनाथ र अलपत्र अवस्थामा परेकालाई खाद्यान्न सहयोग गर्दै आएको कम्पनीले जनाएको छ ।
वेब नेटवर्क प्रा.लि.का कार्यकारी कृष्ण बहादुर पुनको अध्यक्षतामा कम्पनीका संचालाकहरु क्षितिज श्रेष्ठ, उदय पोख्रेल, नरेश पुन, नरेन्द्र सिङ, दिपेन्द्र पौडेलको उपस्थितिमा विनिता विश्वकर्माको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।